नेपाली समाज युकेमा बसुन्धरा याक्खाको दाबी - Naya Online

नेपाली समाज युकेमा बसुन्धरा याक्खाको दाबी

नेपाली समाज युकेको अध्यक्षमा श्रीमती बसुन्धरा याक्खा राईले उम्मेद्वारी दिएकी छिन् । अधिवेशन १३ फेब्रुअरी २०२२ मा हुँदैछ । १० वर्ष अगाडि नेपाली संघीय समाजको स्थापना भएको र त्यस समाजको सदस्य, उपाध्यक्षहुँदै हाल सहअध्यक्षको रुपमा बसुन्धरा याक्खा कार्यरत छिन् । नेपालमा जनता समाजवादी पार्टीसँग नजिक रहेको नेपाली समाज युके पार्टीहरुको एकीकरण हुँदै आएपछि नाम पनि परिवर्तन हुँदै आएको हो ।

को हुन् बसुन्धरा याक्खा ?
विद्यार्थीकालदेखि नै राजनीतिमा लागेकी बसुन्धरा याक्खाले शुरुमा अनेरास्ववियूमा सक्रिय भएकी थिइन् । २०३६ सालको आन्दोलनमा समेत सहभागी उनले वि.सं. २०४२ सालमा मादी माध्यमिक विद्यालयबाट प्रवेशिका उतीर्ण गरेकी थिइन् । लगत्तै ब्रिटिस गोर्खा सैनिक खगेन्द्र याक्खा राईसँग वैवाहिक जीवनमा प्रवेश गरेपछि भने हङकङको यात्रा तय भयो र त्यहाँबाट २०५१ सालमा फर्किएपछि पद्यकन्या क्याम्पस बागबजार काठमाडौंबाट पुनः क्याम्पसजीवनमा प्रवेश गरेकी थिइन् ।

बसुन्धराले किरात याक्खा छुम्मा, गोर्खा भुतपुर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति महासङ्घ, गैर आवासीय नेपाली संघ युके, संखुवासभा समाज युकेको अध्यक्ष सम्हालिसकेकी छिन् भने नेपाली महिला युकेको बर्तमान अध्यक्ष रहेकी छिन् ।

जन्मघरदेखि कर्मघरसम्म राजनीतिक पृष्ठभुमिसँग जोडिएको बसुन्धरालाई राजनीतिक यात्राको लागि पूरा साथ रहेको छ । बसुन्धरा बेलायतमा रहन थालेको १५ वर्ष भइसकेका छ । १० वर्ष अगाडि स्थापना भएको नेपाली संघीय समाज, युकेको स्थापना भयो । उक्त संघीय समाजमा बसुन्धराले सदस्यहुँदै उपाध्यक्ष र सहअध्यक्ष बनिसकेकी छिन् ।

समावेशी र समानुपातिक नारालाई स्थापित गर्नको लागि उनको उम्मेद्वारी
बसुन्धराको भनाई छ –“नेपालमा भएका ठुलासाना हरेक आन्दोलनमा सहयोग गर्दै आएको छ । परिआउँदा आर्थिक सहयोग पनि गरेकी छु । २०७२ सालमा बनेको संविधानले नसमेटिएको कारण संविधान जलाउने काम मा सहभागी भएँ । अनुशासन विभागको प्रमुख भएर काम गरेँ । पार्टीप्रति समर्पित रहि बरियताको हिसाबले र पहिलो सहअध्यक्ष भएको कारण साथै पार्टीको नारा समानुपातिक, सहभागिता र समाबेसी सिद्धान्तलाई पार्टी स्थापना भएको १० वर्ष बितिसक्दा पनि महिला अधिकार हनन् भएको महसुस भएको हुनाले निरन्तर १० वर्षपछि अध्यक्षमा मैले दाबी गरेको हुँ ।”

उनको अनुसार जनता समाज पार्टी नेपालको भातृसंगठन नेपाली समाज युकेको अध्यक्षजस्तो गरिमामय पदमा रहन पाए पार्टीको सिद्धान्त, प्रस्तावना, विधानका कुराहरूलाई सुचारुरुपले अंकिकार गरेर लाने योजना छ । पार्टीको नीति सिद्धान्त उत्कृष्ट भएरै पार्टी तेस्रो वा चौधौं स्थानमा प्रवेश गरिसकेको बसुन्धराको अनुमान छ । पार्टीले जति अगाडि बढनुपर्ने हो त्यति द्रुत गतिमा बढ्न नसकेको पनि उनको ठम्याई छ । यसो हुनुमा ठूला पार्टीहरूमा एकीकरण र विश्वभरि नै डरलाग्दो माहामारीको रुपमा फैलिएको कोरोनाको कारण छ भनेकी छिन् ।

साझा आवाजलाई बुलन्ध पार्ने याक्खाको प्रतिवद्धता
पार्टीको प्रस्तावना अनुरूप समावेशी, समानुपातिक, जातिय विभेद, वर्गीय विभेद, पिछडिएका र अल्पसंख्यकमा रहेको समाज, महिला, आवाजबिहिनहरूको लागि बोलिदिने, निन्द्रामा भएकालाई बिउझाउने, संघीयता भन्नेबितिकै शक्ति सन्तुलित, शक्तिको बाड्फाडजस्तो कुरोलाई विधानमा, कागजमा, भाषणमा मात्रै सिमित नराखी इमानदारका साथ सरल, सहज तरिकाले विश्वभरि रहनु भएको पहिचानप्रेमी दाजुभाइ, दिदिबहिनी साथै आफ्नो मातृभूमि नेपालको हिमाल, पहाड, तराई, मधेसलाई समेटी राजनैतिक, आर्थिक, सामाजिक र विकासको निम्ति नेपाली समाज युकेले साझा आवाजलाई बुलन्द, प्रगाढ र सफल बनाउने प्रतिबद्धता बसुन्धरा याक्खाको रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

ट्याप ट्याप सेन्ड्को प्रमुख प्रायोजनमा पोर्तुगलमा पहिलोपटक मैत्रीपुर्ण पुरुष भलिबल खेल सम्पन्न

पोर्तुगल, १५ अप्रिल । चैत दशैको पावन अवसरमा नेपाली समाज सान्तोतोनियाले गत अप्रील ९...

लण्डनको फेल्थाममा यक्वा तङ्नाम

प्रीन्स याक्खा लण्डन, १५ अप्रिल । किरात सत्यहाङ्मा महागुरु फाल्गुनन्द सोसाइटी युकेले लण्डनस्थीत फेल्थाम...

नेपाली समाज जापानको कान्तोउ क्षेत्रमा भेला

जपान, १० अप्रिल । जनता समाजवादी पार्टीको प्रवास समिति, नेपाली समाज जापानको कान्तोउ (...

बहराइनमा आदिवासी जनजाति महासंघको तेश्रो अधिवेशन सम्पन्न

बहराइन, २७ मार्च । अदलियास्थित नेपाली क्लबको सभाहलमा नेपाल आदिवासी जनजाति महासंघ, बहराइनको तेश्रो...

ट्यापट्याप एपमार्फत छिनभरमै नेपाल पैसा पुग्ने

केश तमू पोर्तुगल, २७ मार्च । पोर्तुगलबाट एपमार्फत नेपाल पैसा पठाउन सकिने भएको छ...

नेपाली जनसम्पर्क समिति मकाउद्वारा पदयात्रा गरि होलीको शुभकामना आदानप्रदान

-सन्देश लिम्बु मकाउ, १७ मार्च ।नेपाली जनसम्पर्क समिति मकाउद्वारा पदयात्रा गरि होलीको शुभकामना आदान...

याक्थूङ युवा अमेरिकाद्वारा विद्यार्थीहरुलाई छात्रावृत्ति तथा स्वेटर वितरण

फालेलुङ । पान्थरको फालेलूङ गाउपालिका ८ स्थित श्री भृकुटी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई छात्रावृत्ति तथा...

सन् २०२० को अमेरिकाको राष्ट्रपति चुनावलाई फर्केर हेर्दा

विरही काइँला ३ नोभेम्बर २०२० कोदिन अमेरिकी राष्ट्रपतिको चुनाव भएको थियो । चुनावमा विभिन्न...

नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघ, प्रवास समितिको जिम्मेवारी हेरफेर

काठमाडौँ, १६ माघ । केही महिना मनबहादुर राना नेतृत्वमा गठन भएको नेपाल आदिवासी जनजाति...

नियात्रा: भाडामा शरीर –आम्सटर्डम वेश्यालय

भीम राई एमएससी म्याग्नाफिका पानीजहाजदेखि बिहानीको ब्रेकफास्ट हसुरेर बाहिर जमिनमा निस्कदै गर्दा फुसफुस्से पानी...