काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को शुक्रबार सार्वजनिक भएको छ । सिक्किमस्थित मार्ताम, रेसिवाधाम, हिगाउँ लगायत रमणीयस्थलमा गरिएको भिडियोलाई ओपेरा इन्टरटेन्मेन्ट युटुब च्यानलद्वारा सार्वजनिक गरिएको हो । बिएम थेगिमको शब्द/लय संकलन, मनि ताम्लिङ र जीतु मुरिङ्लाको स्वर, बिनय मुरिङ्लाको छायांकन रहेको पालामलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् । भिडियोमा मोनि कुमार ताम्लिङ, जीतु मुरिङ्ला, सोना सावदेन, मुनाहाङ लिम्बू, सनमाया हेम्ब्या, गंगा केरुङ, बसन्ती इजम, अमृता खाम्दाक, एसबि चोङ, आइतहाङ मुरिङ्ला, खड्गसिङ इजम, टिबि लिम्बू, एल सुब्बा, मनमाया सावदेन, आइतहाङ पाराङ्देन, सुचिता मुरिङ्ला, सुकमाया माङ्मु, सुनुहाङ्मा लिबाङ, सुकुम यङ्वागो, कविता यङ्वागो, सचिका यङ्वागु, आइतरानी यङ्वागु, पुर्णिमा यङ्वागु, बिएम लिम्बू, बुद्दहाङ यङ्वागु, लक्ष्मण थेगिम, केस लिम्बू, मंगल लिम्बु लगायतले अभिनय गरेका छन ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।