ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको छ । कवि विमला तुम्खेवा, केशव सिलवाल, स्वप्निल स्मृति, सनि लिम्बूलगायतले पुस्तकको विमोचन गरेका थिए ।
पुस्तकको समिक्षा गर्दै कवि केशव सिलवालले ‘यो कविता अरु समुदायले पढ्नुपर्छ र नयाँ समाजको सुरुवात गर्नुपर्छ साथै जयदेव मल्ल र जंगबहादुर राणाले मासिन्या र नमासनिय भन्ने जुन छुटाएको छ यसलाई चिर्नपर्छ’ भनेका थिए । पहिचानलाई स्थापित गर्नुपर्छ भन्ने यो कृतिमा उल्लेख रहेको र स्थापित हुनुपर्ने कृतिजस्तो लाग्ने सिलवालको भनाई थियो । ‘कविता भनेको निरन्तरताको आन्दोलन हो।यो बिधिताले युक्त कविता हो । भुइँ कविता आन्दोलन सुरु गर्नु पर्ने कविले समेटेका छन् । कवि केशव सिलवालको थप भनाई थियो ।
कवितामाथी टिप्पणी गर्नु गाह्रो कुरा रहेको र कविले छोठो मिठो कथा पनि लेख्नुहुन्छ कवि स्वप्निल स्मृतिले बताए । ‘सञ्जयजीलाई म विद्रोही, न्यायिक, सत्यधारी कवि भन्न रुचाउछु । कवितामा विशिस्ट पक्ष भनेको मुन्धुम दर्शन, सभ्यता दर्शाएको कवि स्वप्निल स्मृतिले बताए ।
पहिचानको मुद्दालाई केन्द्रमा राखेर लेखेको साहित्यहरु पछिल्लो समय बढी लेखिने र पढिएको कवि बिमला तुम्खेवाले बताइन् । यो कविता यतिकै सकिन्छ जस्तो लाग्दैन । यो कृति ऐतिहासिक आधारमा आफ्नो पुर्खा, आफ्नो समुदायमाथी भएको विभेदको एउटा विम्ब हो रहेको तुम्खेवाको भनाई थियो ।
कार्यक्रमको आयोजक याक्थुङ्ग लेखक संघ, काठमाडौ उपत्यका समिति र कार्यक्रम संचालक सुनिल आङ्गबो रहेका थिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।