अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण - Naya Online

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे

पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार कुरुम्बाङद्वारा अक्सिजन कन्सन्ट्रेटर मेशिन हस्तान्तरण भएको छ । कुरुम्बाङ राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्व केन्द्रीय सदस्य पनि हुन् ।

केन्द्र तथा प्रदेश र स्थानीय सरकारमा आफ्नो पार्टीको कुनै नेतृत्व नभएपनि समाज सेवाको लागि भन्दै कोभिड सङ्क्रमणले बाँच्नको लागि अक्सिजन नपाएका बिरामीलाई लक्षित गरी सो मेशिन उपलब्ध गराइएको कुरुम्बाङ्ले बताए ।

भूपू व्रिटिस आर्मी र एनआरएनको आर्थिक सहयोगमा पाँचथरको ७ वटै पालिकामा कन्सन्ट्रेटर मेशिन उपलब्ध गराइएको पनि जनाइएको छ । अक्सिजनको अभावले नागरिकको ज्यान अकालमा गुम्न नपरोस् भन्ने हेतुले राप्रपा पार्टी तथा पार्टी प्रतिनिधिले यस्ता उदाहरणीय काम गरिरहेको कुरा राप्रपा जिल्ला कार्य समितिका अध्यक्ष जगत थापा मगरले बताए ।

जिल्ला हस्पिटल पाँचथरलाई ४ थान लगायत विभिन्न गाउँपालिकालाई गरि ११ वटा कन्सन्ट्रेटर मेशिन र माक्स हस्तान्तरण गरिसकिएको कुरा राप्रपा फालेलुङ गाउँपालिकाका अध्यक्ष दिब्यबिक्रम जबेगुले बताएका छन भने अक्सिजनको मात्रा नपुगेर कोभिड सङ्क्रमण रोगी बिरामिले ज्यान नगुमाओस भनी आस्था भन्दा पर रहेर सामाजिक कार्यमा अघि बढेको कुरा उधोग बाणिज्य संघ पाचथरका उपाध्यक्ष प्रयागराज सुबेदीले जानकारी दिए ।

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकाको स्वास्थ्य शाखालाइ सहयोग उपलब्ध गराइएको भन्दै कुम्मायक गाउँपालिकाका उपाध्यक्ष सीता आचार्यले धन्यवाद प्रकट गरेकी थिइन् । विभिन्न संघ सस्था बाट यस्तो मेशिन सहयोग भई कुम्मायक गाउपालिकामा ३ वटा कन्सन्ट्रेटर मेशिन जम्मा भइसकेकोले कोभिड लाग्यो भन्दैमा कुम्मायकबासी नागरिक नडराउन अनुरोध पनि भएको छ । उपाध्यक्ष आचार्यले अब गाउँगाउँका कोभिड बिरामीले अकालमा ज्यान गुमाउने अवस्था नरहेकोले सबैजना स्वास्थ्य मापदण्डलाई पालना गरि सुरक्षित रहन आग्रह गरेकी थिइन् ।

कुम्मायक गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष पुर्ण खड्काको रोहवरमा बसेको भेलाले कन्सन्ट्रेटर मेशिन हस्तान्तरण भएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पाँचथरको कुम्मायक गाउँपालिका–१ मा गठबन्धनका पदमा देवेन्द्र कुमार लावती विजयी

कुम्मायक । पाँचथरको कुम्मायक गाउँपालिकाको–१ नम्बर वडामा गठबन्धनतर्फका देवेन्द्र कुमार लावती बहुमतले विजयी बनेका...

दिवा चेम्जोङः एक सक्षम उम्मेद्वार

स्थानीय निर्वाचन २०७९ का लागि धनकुटाको चौविसे गाउँपालिकामा गठबन्धन दलबाट उपाध्यक्षको उम्मेद्वारी दिएका दिवा...

कान्छी उपमेयर उम्मेद्वार जुनु लिम्बू (सृष्टि खापुङ)

लिम्बू विद्यार्थी मञ्चको आठौं राष्ट्रिय महाधिवेशन २०७३ सालमा इलामको लारुम्बामा हुँदै थियो । उक्त...

‘अमेरिकाको नागरिकता त्यागेर नेपाल भ्रष्ट्राचार गर्न आएको होइन’ –गम्बु शेर्पा

सन् २०२१ मा गम्बु शेर्पाले ‘फर्किएका पाइला’ पुस्तक लेखे । पुस्तकभित्र ६२४ पेजमा गम्बुका...

अवसरवादी र अहंकारवादी तत्वलाई मतदान नगर्न लावतीको आग्रह

-पदम सुखी सम्बाहाम्फे पाँचथर । कुम्मायक गाउँपालिका वडा नम्बर १ स्थित साविक वडा नम्बर...

वडाध्यक्षका उम्मेदवारले गरे बराहक्षेत्रका सर्जकहरुसगँ अन्तरक्रिया

धरान । बराहक्षेत्र नगरपालिका वडा नम्बर– ३ बाट नेकपा(एमाले)का तर्फबाट वडाअध्यक्षका उम्मेदवार रुद्र दाहालले...

गठबन्धनका उम्मेदवारलाई जिताउन जनआकांक्षाको लहर बढ्दो

-पदम सुखी सम्बाहाम्फे पाँचथर । कुम्मायक गाउपालिकाको ५ वटै वडामा ४ दलीय गठबन्धनको चुनावी...

कुम्मायक गाउँपालिकामा गठबन्धनका उम्मेदवारले स्वतः चुनाव जित्ने दाबी

-पदम सुखी सम्बाहाम्फे पाँचथर, १४ वैशाख । चुनावी मनोनयन दर्ता भएपछि कुम्मायक गाउँपालिकामा पनि...

चारदल चुनावी गठबन्धनको बाजी मार्ने दाबी

-पदम सुखी सम्बाहाम्फे पाँचथर । पाचथरको कुम्मायक गाउँपालिकामा चार राजनीतिक दलहरु गठबन्धन गरेर निर्वाचनमा...

दुर्घटनमा मृतक तथा घाइतेको सनाखत

धरान, २ वैशाख । भेडेटार दुर्घटनामा परेका मृतक तथा घाइतेको सनाखत भएको छ ।...