मलिसा याक्थुङ्बा लिम्बू
मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको थिएँ । मपाइत्व गम्भिर पनि अनि घमण्ड पनि जस्तो लाग्ने यो शब्द शब्दकोषमा नभएको भए राम्रो हुन्थ्यो कि जस्तो लाग्छ । मपाइत्वताभित्र एउटा गहिरो राष्ट्रियता लुकेको भने हुन्छ ।
गएको ओली सरकार रहुञ्जेलको मपाइत्व र वहिर्गमन पश्चातको मपाइत्वहरू जस्तो भएपछि ओलीको सुप्रिमोका लागि मपाइत्व हो कि जस्तो लाग्छ । तर ओली र उनका दलले वर्तमान संविधान विश्वको उत्कृष्ठ भन्ने अनि संविधानको धाराहरूलाई कुल्चेर जाने असंवैधानिक प्रयासहरू देखियो । कुल्चियो, कुल्चिएन भन्ने कुरा सर्वोच्च अदालतको दुईपटक फैसला नै काफि छ अनि सत्ता वहिर्गमन पनि । ओली सुप्रिमो, अच्छा लाग्छ, वहाँको हर्कत र कदमहरू । जस्तैः संविधानसभाका सभाध्यक्ष अथवा नेपालको संविधानमा अन्तिम हस्ताक्षर गर्ने संविधानविद सुवास नेम्बाङ्लाई ओलीको मपाइत्वमा घोलिएर बोलेको वाक्यांस । ‘सतप्रतिशतको सट्टा दुईसय प्रतिशत’ले सर्वोच्च अदालतबाट ससदभंग कायम हुन्छ भन्ने विराटनगरमा उद्घोष । यो वाक्यांस भन्न लगाउने दिमाग, अह्राउने मन र बोल्ने मुखलाई अचम्मको मपाइत्व लाग्छ । संविधानका हरेक धाराहरू आफैं लेख्ने अनि तेहि धाराहरू आफैं मिच्नका लागि दुइसय प्रतिशतको बाजी मार्ने ओली सुप्रिमोका कमाण्डलाई सदैव लालसलाम भन्न रुचाउँछु ।
यहि प्रकारान्तरले गाउँघरहरूमा पनि सुप्रिमोहरू छन् । जहाँ मपाइत्वताका लागि जस्तोसुक्कै हर्कतहरू गरेको पाइन्छन् । यस्तो हर्कतका कुरा गर्दा धेरैले ‘एमालेहरू सत्ताका लागि मर्न पनि तयार छन्’ भन्ने मानवीयता वाहिर तर्कहरू सुन्छु । यथार्थ हो कि होइन, ढक तराजुमा जोख्ने त जनता नै हुन् । यसो चिन्तन गर्छु, होकी क्या हो लाग्छ । अथवा सत्ताका लागि मर्ने नै रहेछ त ? एउटा कथा पढौं ।
कुनै एउटा विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन हुने भयो । विव्यस सदस्य सर्वप्रथम चारजना चयन गरी चार सदस्यहरू भित्रबाट एक अध्यक्ष छनौट गर्नुपर्ने । यहि नियमका आधारमा विव्यस सदस्यहरू छानिन्छन् । यसमा एकजना व्यक्ति नेपालभरी नै अभिभावक नबनेकालाई सदस्यमा निर्वाचित गराउँछन् । गैर अभिभावकलाई सदस्य बनाउने हर्कतमा केहि विद्यालयका प्रधानाध्यापकहरू समेत साँची बसेर अध्यक्ष नै बनाइ छाड्छन् । कुरा के रह्यो भने ति ‘अध्यक्षको वुवाले पहिले कुनबेला फलामको दुईचार सयको सानो फलामे घण्टि दिएवापत चन्दादाता बनाएर सदस्यमा लगेको रे अनि अध्यक्ष बनाएको रे’ भन्ने सुन्नमा आउँछ । यो हिसावले भन्नु हो भने हज्जारौं–हज्जार बराबरको जग्गा र सामग्रीहरू दिने अन्य गैह्र अभिभावक चन्दादाताहरू चैं ? एमाले नभएकाले वास्ता भएन । सत्ता प्राप्तिका लागि ऐन नियमहरू लागू भएनन्, मिचिए । एउटा नजिर बन्यो, अभिभावक नबने पनि विव्यसको अध्यक्ष बन्न सक्ने ।
अध्यक्षले ओली सुप्रिमोका मपाइत्व स्टाइलले कामहरू गर्न थाले । उनलाई ऐन, कानून, नियमहरूको वास्ता गरेनन् किनभने सुप्रिमोलाई यस्ता ऐन, कानून र नियमहरू चाहिन्न, हैन्तः । जस्तैः प्रधानाध्यापक नियुक्तिमा स्थायी शिक्षक रहँदा–रहँदै पनि राहत शिक्षकलाई बनाउँछन् । शिक्षक स्टाफको वैठक रखाउँदैनन् । शिक्षक सेवा आयोगले व्यवस्था गरेको प्रधानाध्यापक नियुक्तिको प्रकृया पनि अवलम्बन गर्दैनन् । किनकि ओली सुप्रिमोका उत्तराधिकारी त हुन् नि । यसो हुँदाहुँदै विद्यालयमा आएका बजेटहरू पनि विव्यस र अभिभावकहरूको भेला–वैठक नराखि एक्लै योजनाहरू चलाउँछन् । आफैं नियुक्ति गरेका प्रधानाध्यापकलाई जानकारी पनि दिदैनन् । यसरी चल्दैजाँदा भवन निर्माणका लागि रु. ५ लाख बजेट आउँछ, जेठ–असार मासमा । कसैलाई थाहै नदिई भवन निर्माण शुरु गर्छन् । काम एक्लै सक्छन् र पालिकादेखि चेकबाट रकम लिएर आउँछन् । चेकलाई वैंकमा लगेर खातान्तर गर्दैनन् । विसदिन जत्ति चेक गोजीमा राखेर जान्छन्, वैंकमा । वैंकले चेक सटहीमा म्याद सकिएकाले रकम दिँदैनन् । अव, प¥यो फसाद । हरेक कार्यमा आफु सुप्रिमो ठानिएका व्यक्ति सयौं बल्डेङ् लडी सकेका छन् । यस्तो अवस्थामा प्रधानाध्यापकले विद्यालयको प्रशासन लिन चाहदैनन् ।
उत्ता रकम निकाशा नपाएको दुखद घडिमा नयाँ प्रधानाध्यापक छनौट अध्यक्ष एक्लैले गर्छन् । स्थायी शिक्षक र राहत शिक्षकहरूलाई पैतला मूनी राखेर एक नीजि शिक्षकलाई प्रधानाध्यापक बनाउँछन् । विव्यस अध्यक्ष सुप्रिमो अथवा मपाइत्व बन्छन् । अब के होला उक्त विद्यालयको भविष्य ? शिक्षक स्टाफको वैठक नराखि, विव्यस र अभिभावकहरूको वैठक नराखी, शिक्षक सेवा आयोग अन्तर्गत प्रधानाध्यापक छनौटको विधि नअपनाई नियुक्त गरेको प्रधानाध्यापकले के गर्लान् त ? ऐन, कानून, नियम नाघ्नु र नाघेर जानु त ओली सुप्रिमोको स्टाइल होइन र ? वास्तवमा सत्ता पाउनका लागि एमाले जे पनि गर्न सक्छ भन्ने उदाहरण यहि हो ।
केही विद्यालयका प्रधानाध्यापकहरू साँछिमा अभिभावनै नभई बनेको अध्यक्ष र स्थायी शिक्षक भई–भई अन्तरआस्थाका कारण नीजि शिक्षकलाई प्रधानाध्यापक बनाएपछि पनि पूनः पूर्ववत तरिकाले नै योजनाहरू चलाउँछन् । न वैठक नत भेला नै राख्छन्, योजनाहरूको । प्रधानाध्यापकले अध्यक्ष सुप्रिमोको कुरा सुन्ने अनि आदेशानुसार काम गर्ने गराउने । र अर्को पटक पनि अध्यक्षमा लड्ने धरातल बनाई रहेछन् । सत्ताप्राप्ति पछि यहि नै होला अध्यक्ष सुप्रिमो र मपाइत्व । विद्यालयका सबै शिक्षकहरू अध्यक्ष सुप्रिमो अगाडि नतमस्तक यात मपाइत्वताको कारण ताजुप अथवा पञ्चायत कालको आभाष ।
यस्तो कथा भएको नेपालको राजनीतिमा ओली सुप्रिमो र सुप्रिमो मपाइत्वलाई टिकाउन सतप्रतिशत होइन दुइसय प्रतिशत नै भन्न कर लाग्दो रहेछ । वास्तवमा एमालेहरूमा भद्रता, शालिनता र लोकतन्त्रता पटक्कै हुँदैनन् भन्ने सुप्रिमो र मपाइत्वता शब्दमा रहँदो रहेछ । किनकि न संविधानको धाराहरू मान्छन् नत ऐन कानून नियमहरू नै । माथिदेखि तलैसम्म पार्टिसदस्यहरूले सत्ता प्राप्तिका लागि दिलोज्यान दिएर जब हात परेपछि सुप्रिमो बन्ने र मपाइत्वको सम्प्रभूता कायम गर्ने कुत्सित नियत र हर्कत बडो घिनलाग्दो छ । जुन जनताको लोकतन्त्र र स्वतन्त्रता भने पटक्कै होइन । ओली सुप्रिमोमा आफैं जनता र आफैं मपाइत्व बन्ने एमाले भएर होला । हजुरहरूको मपाइत्वमा पञ्चायतभन्दा कमजोर रहेनछ । जहानियाँ राणा शासनभन्दा निम्सरो रहेनछ भन्नपनि पछि परिएन । जदौ, मपाइत्व ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।