‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप - Naya Online

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच विमोचन भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा पोखरामा आयोजित कार्यक्रममा साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृति विमोचन गरेका हुन् ।

कवि तथा गजलकारका रुपमा परिचित दीपक समीपको यो दोश्रो कृति हो । यसअघि उनको भूगोलमा नोकोरिएको देश नामक गजलसंग्रह बजारमा आएको थियो ।

कृति विमोचनपछि साहित्यकार सरुभक्तले गजलकारका रुपमा चर्चित समीपले मुक्तककारका रुपमा पनि आफुलाई स्थापित गराएकोमा खुशी व्यक्त गरे । कवि तीर्थ श्रेष्ठले असल र स्थापित मुक्तककार हुन लामो साधना आवस्यक पर्ने र त्यो साधना मुक्तककार दीपक समीपले गरेको बताए ।

नेपाली लेखक संघ कास्की अध्यक्ष सञ्जीव पौडेलले समीपको कृतिमाथी समीक्षा गरेका थिए । समिक्षक पौडेलले मुक्तककार समीपकको कृतिमा मानवता, प्रेम, देशभक्ति, अस्तित्ववाद, यथार्थवाद जस्ता विशेषता र वर्तमान राजनीतिक परिदृश्यप्रति व्यङ्ग्य रहेको उल्लेख गरे ।

कवि ईश्वरमणि अधिकारीले समीप विचारले प्रजातान्त्रिक, लेखनले प्रगतिशील र व्यवहारले समाजवादी भएको विचार राखे। कविद्वय रमेश श्रेष्ठ र जीवनसागर भण्डारीले पनि समीपका मुक्तक र उनको व्यक्तिगत विशेषताबारे बोलेका थिए ।

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोति भुजेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रीता अधिकारीले गरेकी थिईन् ।

विमोचित मुक्तक संग्रहमा १ सय १ वटा मुक्तक समेटिएको छ । पुस्तकको मूल्य २ सय पचास राखिएको जानकारी दिईएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पाँचथरको कुम्मायक गाउँपालिका–१ मा गठबन्धनका पदमा देवेन्द्र कुमार लावती विजयी

कुम्मायक । पाँचथरको कुम्मायक गाउँपालिकाको–१ नम्बर वडामा गठबन्धनतर्फका देवेन्द्र कुमार लावती बहुमतले विजयी बनेका...

दिवा चेम्जोङः एक सक्षम उम्मेद्वार

स्थानीय निर्वाचन २०७९ का लागि धनकुटाको चौविसे गाउँपालिकामा गठबन्धन दलबाट उपाध्यक्षको उम्मेद्वारी दिएका दिवा...

कान्छी उपमेयर उम्मेद्वार जुनु लिम्बू (सृष्टि खापुङ)

लिम्बू विद्यार्थी मञ्चको आठौं राष्ट्रिय महाधिवेशन २०७३ सालमा इलामको लारुम्बामा हुँदै थियो । उक्त...

‘अमेरिकाको नागरिकता त्यागेर नेपाल भ्रष्ट्राचार गर्न आएको होइन’ –गम्बु शेर्पा

सन् २०२१ मा गम्बु शेर्पाले ‘फर्किएका पाइला’ पुस्तक लेखे । पुस्तकभित्र ६२४ पेजमा गम्बुका...

अवसरवादी र अहंकारवादी तत्वलाई मतदान नगर्न लावतीको आग्रह

-पदम सुखी सम्बाहाम्फे पाँचथर । कुम्मायक गाउँपालिका वडा नम्बर १ स्थित साविक वडा नम्बर...

वडाध्यक्षका उम्मेदवारले गरे बराहक्षेत्रका सर्जकहरुसगँ अन्तरक्रिया

धरान । बराहक्षेत्र नगरपालिका वडा नम्बर– ३ बाट नेकपा(एमाले)का तर्फबाट वडाअध्यक्षका उम्मेदवार रुद्र दाहालले...

गठबन्धनका उम्मेदवारलाई जिताउन जनआकांक्षाको लहर बढ्दो

-पदम सुखी सम्बाहाम्फे पाँचथर । कुम्मायक गाउपालिकाको ५ वटै वडामा ४ दलीय गठबन्धनको चुनावी...

कुम्मायक गाउँपालिकामा गठबन्धनका उम्मेदवारले स्वतः चुनाव जित्ने दाबी

-पदम सुखी सम्बाहाम्फे पाँचथर, १४ वैशाख । चुनावी मनोनयन दर्ता भएपछि कुम्मायक गाउँपालिकामा पनि...

चारदल चुनावी गठबन्धनको बाजी मार्ने दाबी

-पदम सुखी सम्बाहाम्फे पाँचथर । पाचथरको कुम्मायक गाउँपालिकामा चार राजनीतिक दलहरु गठबन्धन गरेर निर्वाचनमा...

दुर्घटनमा मृतक तथा घाइतेको सनाखत

धरान, २ वैशाख । भेडेटार दुर्घटनामा परेका मृतक तथा घाइतेको सनाखत भएको छ ।...