पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न - Naya Online

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न भएको छ ।

फेदाप पोक्लाबाङ स्पोर्टिङ क्लबको सभाहलमा आयोजित साधारणसभा बृहतरूपले सम्पन्न भएको हो । १८ थरी लिम्बुहरूले आफ्नो उद्गम भुमि माङ्गेन्ना यक पोक्लाबाङलाइ मान्ने गरेका छन् । फेदाप पोक्लाबाङ एक ऐतिहासिक स्थल पनि हो । यस संस्था गत बर्षको फागुन २५ र २६ गते पोक्लाबाङ भेलाले स्थापना गरी २०७८ साउन ११ गते जिल्ला प्रसासन कार्यालय तेह्रथुममा बिधिगत दर्ता सम्पन्न गरिएको थियो ।

साधारणसभा सभाको उद्घाटन कार्यक्रम सुरु हुनुपूर्व बिहान माङ्गेन्ना यकमा १८ थरी सयङहरूको सामुहिक माङहुक्वा वादेम्मा कार्यक्रम समेत सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि फेदाप गाउपालिका अध्यक्ष हरिप्रसाद हुक्पाचोङबाङले दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चोङबाङले यश संस्थाको उन्नति र बिकासका लागि स्थानीय सरकारले सहयोग गर्ने बताएका थिए ।


चोङबाङले फेदाप बिकासको लागि यस संस्था र फेदाप सकारले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनु भयो । कार्यक्रममा फेदाप गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराई, हुक्पाचोङबाङ कल्याण संघका सचिब देवराज हुक्पाचोङबाङ, निङ्लेकु उत्थान संघका प्रतिनिधि नन्द प्रसाद निङ्लेकु, आङ्बुङ समाजका अध्यक्ष धनसुन्दर आङ्बुङ, सिङगक समाज नेपालका नरबहादुर सिङगक, याक्थुङ पङ्धाक संघका लोकमान पंधाक, याक्थुङ तेयुङ संजुम्भोका कृष्ण तेयुङ, हुक्पामादेम्बा समाजका अध्यक्ष चन्द्र बहादुर मादेम्बा, किरात याक्थुङ खापुङहाङ संजुम्भोका इन्द्र बहादुर खापुङ, लुम्फुङ्वा कल्याणकारी संघका राज्यप्रसाद लुम्फुङवा, पाहिम जागरण समाजका लोकमान पाहिम, सम्बाहाङ्फे उत्थान संघका लोक बहादुर सम्बाहाङ्फे र मुसाहाङ समाजका डिल्लीस्वर मुसाहाङले मन्तव्य राखेका थिए ।

लिम्बुहरूको महान चाड कक्फेक्वा तङनाम तथा येले सम्बत ५०८२ को शुभकामना आदान प्रदान कार्यक्रम समेतको सहभागीतामा भएको साधारणसभाले १८ वुँदे कार्यक्रमहरू समेत पारित गरेको छ । संस्थाका अध्यक्ष सेसेहाङ हुक्पाचोङबाङको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाका महासचिव टेकबहादुर खापुङले संचालन गरेका थिए । स्वागत मन्तव्य राजकुमारी सिङ्गकले राखेकी थिइन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...