इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
पुस ३० गते धरान ८ स्थीत लाङ्घाली सामुदायिक वन उपभोक्ता समूहको सभाभवन सम्पन्न साधारण सभाले साकोसका वरिष्ठ सल्लाहकार स्वर्गीय वर्तमान लिम्बुको परिवारलाई सेयर सदस्य सुरक्षण कोषको रकम हस्तान्तरण गरेको छ ।
संस्थाले लक्ष्मीकुमारी थेबेलाई त्रैवार्षिक रुपमा सम्मान गरिने “न्यु जनकल्याणकारी सम्मान २०७५” दोश्रोबाट सम्मान गरिएको न्यूजनकल्याणकारी साकोसका कर्णविक्रम लिम्बूले जानकारी दिएका छन् ।
कलाकार तथा अभियन्ता शोभा खजुम, साकोसका सल्लाहकारहरु उपस्थिति रहेको कार्यक्रममा साकोसका अध्यक्ष मनकुमारी याखाको सभापतित्व, वचत तथा ऋण सहकारी जिल्ला पूर्व सभापति रुद्र उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।