कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न - Naya Online

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे

पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको छ । शुक्रबार साँझ अबेरसम्म भएको सो बैठकले गाउँपालिकाको चालू आर्थिक वर्ष २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रमलाई पारित तथा संसोधन गर्दै एघारौं गाउँसभा सम्पन्न भएको कुरा कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

अध्यक्ष चेम्जोङका अनुसार चालू आर्थिक वर्ष २०७८÷७९ मा नवौं उक्त गाउँसभाबाट पारित ३८ करोड ९६ लाख ५४ हजार बजेटको संसोधनसहित ४२ करोड ६९ लाख ९६ हजार ८ सय ११ रुपैया बिनियोजन पारित भएको जनाइएको छ । उक्त गाउँसभामा चालू आर्थिक बर्षमा संचित कोषबाट ब्ययभार हुने बिनियोजित विधेयक कुम्मायक गाउँपालिकाका उपाध्यक्ष सीता आचार्यले प्रस्तुत गरेकी थिइन् ।

बैठकमा कुम्मायक गाउपालिकाको शिक्षा ऐन सम्सोधन विधेक २०७८ सम्सोधनका लागि विधान समितिको सम्योजक तथा वडा नम्बर ३ का वडाअध्यक्ष रामप्रसाद गजुरेलले प्रस्तुत गरेका थिए ।

एघारौं गाउसभाको सो बैठकमा नेपाल सरकारले गत आर्थिक बर्ष कार्यलय सहयोगीहरुको लागि ल्याएको नीति अनुरुप मासिक तलब १५ हजारसम्म पुर्याउने निर्णय भएको कुरा पनि कुम्मायक गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष देवेन्द्र कुमार लावतीले बताउनुका साथै यासोक क्याम्पस सन्चालनका लागि ५० लाख रुपैयाँ अक्षयकोष स्थापना गर्ने निर्णय भएको कुरा जनाएका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...