नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित - Naya Online

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ । संगठनको अनुसाशन, विधि पद्दति विपरित आफू मनलाग्दो मनोमानी ढङ्गले चलेको भन्दै नेफिन आईसीसीको बैठकको दुई तिहाइभन्दा बढी सदस्यहरूको निर्णयले कारबाही गरी पदमुक्त गरिएको हो ।

नेफिन, आइसीसीको ५ जनवरीमा बसेको तैयारी बैठकले १९ अक्टोबर २०२१ मा बसेको बैठक दुईतिहाई बहुमत सदस्यले अन्तराष्ट्रिय महाधिवेशनको लागि आन्तरिक तैयारी पुरा नभैसकेको लगायत विभिन्न कारणसहित अन्तराष्ट्रिय महाधिवेशन सार्न गरेको हार्दिकतासहितको अनुरोध र केन्द्रले समेत महाधिवेशन स्थगित गर्न दिएको निर्देशनलाई वेवास्ता गर्दै आफुखुसी मनोमानी ढंगले अवैधानिक महाधिवेशन गरेको कारण दर्शाएर संयोजक र सहसंयोजकलाई स्पष्टिकरण मागिएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ, अन्तराष्ट्रिय प्रवास समन्वय समितिको आर्थिक विभाग प्रमुखको जानाकारी बिना अन्तराष्ट्रिय महाधिवेशनको नाममा चन्दा संकलन गर्नुको कारण खुलाई तत्कालिन संयोजक मानबहादुर रानामगर र उपसंयोजक शिवकुमार भुजेललाई ४८ घन्टे अल्टिमेटमसहित लिखित रूपमा चित्तबुझ्दो स्पष्टीकरण माग गरी ६ जनवरी २०२२ मा पत्राचार गरिएको र दिइएको समयसिमाभित्र लिखित स्पष्टिकरण आउनुको साटो उल्टो गैरजिम्मेवारी पुर्ण अभिव्यक्तिसहित सदस्य–सचिवलाई धम्कीपुर्ण म्यासेज लेखेर दम्भ प्रस्तुत गरेकोले, संगठनको विधिविधान, आचरण विपरीत र सामान्य लोकतान्त्रिक अभ्यासको समेत ख्याल नगरी मनोमानी ढंगले संस्थाको दुरूपयोग गरेकोले नेफिन आईसीसीको पूर्ण बैठक बसी दुबै जनालाई नेपाल आदिवासी जनजाति महासंघ, अन्तराष्ट्रिय प्रवास समन्वय समितिको सबै जिम्मेवारीबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

नेपाल आदिवासी जनजाति महासंघले अन्तराष्ट्रिय समितिमा बनाई विभिन्न देशहरूमा क्रियाशील महासंघहरूको साझा अन्तराष्ट्रिय समन्वय समिति निर्माण गर्ने पहिलो पवित्र उद्देश्यलाई नै केही व्यक्तिगत स्वार्थ बोकेका व्यक्तिहरूको प्रवेशले संगठनको अस्तित्वमाथी नै प्रश्न उठ्न थालेकोले हाल क्रियाशील १८ वटा देश र नेफिन केन्द्र (नेपाल) को समेत सबैको सल्लाहमा खराब नियत लिएर प्रवेश गरेका मानबहादुर राना र शिव भुजेल जस्ता पात्रलाई कार्यवाही गर्न बाध्य भईएको सदस्य सचिव पासांङ शेर्पाले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...