कविता: रुक्साना फूङ् - Naya Online

कविता: रुक्साना फूङ्

-दिलदुखी जन्तरे

रुक्साना !
आसेवारो हाउ
तिमीले जित्नुपर्छ ल ।

तिनपाते पलाउदै गरेको
सानो बिरुवा
नियतिले उखेलिएर
रोपिन पुग्यौं लिम्बुवान माटोमा
फुङ्गक्को भाग्यरेखा बगैंचामा
हुर्किदैछौ चिल्लो पात
लिम्बुनी मुस्कानमा
मुन्धुमी सुवास मगमगाउदै
अब तिमी यहि माटोमा
यहि हावापानीमा
यहि आकाश मुनि
फुल्नुपर्छ
फक्रीनुपर्छ ।

हात फैलाउदै
भुइसोरि सेवारो गर्दै
पाःलाम् भन्दै
हाक्पारे गाउदै
शरण माग्न आयौ
शरणको मरण कसरी गर्न सक्छौ
हामीले कसरी टुलुटुलु हेर्न सक्छौ
हामी कसरी चुपचाप रहन सक्छौ
हामी कसरी निर्दयी बन्न सक्छौ
हामीले कसरी चिन्दैनौ भन्न सक्छौ
जिताउने छौ तिमीलाई
तिमीले जित्नेछौ
र तिमीले जित्नुपर्छ ।

गरिदिन्छौ तिम्रो माङ्गेन्ना
उठाइ दिन्छौ तिम्रो शिर
चारैतिर चार किल्ला बाधिसक्यौ
आँखिडाही छेकिसक्यौ
सबै सबै एक भैसक्यौ
तागेरा निङ्वा फुमाङ् उठाएर
युमा माङ उठाएर
फक्ताङ्लुङ् उठाएर
मेन्छ्यायेम् उठाएर
तम्मर उठाएर
कुम्मायक् कुस्सायक् उठाएर
सिङ्गो लिम्बुवान उठाएर
आगोको ज्वाला झै जागिसक्यौ
मनमा मन ठूलो पारेर
सोचमा सोच ठूलो पारेर
हामी जुरुक्क उठिसक्यौ
तिमीलाई चो?लुङ्मा पु¥याउन
जीतको विजय उत्सव मनाउन
इहुहु इहुहु ।

सेक्मुरी फूङ्
सिङ्जाङ्गो फूङ्
नाम्जाङ्गो फूङ्
अम्लारी फूङ्
मारोत्ती फूङ्
थपारा फूङ्…
रुक्साना फूङ्
मुन्धुममा थपियो
एउटा अर्को राम्रो फूङ्।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

कविता: रुक्साना फूङ्

-दिलदुखी जन्तरे रुक्साना ! आसेवारो हाउ तिमीले जित्नुपर्छ ल । तिनपाते पलाउदै गरेको सानो...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...

स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा शारदा निरौला ‘शारु’

काठमाडौ, २७ पुस । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले स्थापना गरेको स्वर्णिम साहित्य...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

कास्की । पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक...

स्वर्णिम साहित्य समाजले गर्‍यो पुरस्कार र सम्मानको अक्षयकोष घोषणा

धरान । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले कला र साहित्यमा समर्पित हुने सर्जक...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...