जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन - Naya Online

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न नेटवर्किङ व्यावसायहरुमध्ये जोसियल पनि एक हो । जोसियल नामक अनलाइन नेटवर्किङ व्यावसायका एजेण्टहरुबाट नेपालीहरु ठगीदै आएका छन् ।

चितवनका रामप्रसाद कँडेल नाम गरेका जोसियलका एक एजेण्टले बुटवलबाट मात्रै करिब एक करोड बराबरको रकम ठगी गरेको ठगीमा परेका बुटवलवासीको अनुमान छ । आफू बसेको टोलबाट मात्रै १० लाख ठगी भएको उनको भनाइ छ ।

रामप्रसादले सुरुमा उक्त व्यावसायमा लाग्न उक्साएर सोझासिधा व्यक्तिहरुबाट लाखौं पैसा संकलन गरेपछि अहिले सम्पर्कवीहिन भएको बुटवलका पीडितहरुको गुनासो रहेको छ । नेपालको विभिन्न स्थानहरूमा जोसियल सम्बन्धी तालिम दिँदै हिड्ने रामप्रसादले प्रशिक्षणको क्रममा लाखौं करोडौं कमाउन सकिने आश्वासन दिएका थिए । ‘सुरुमा त मलाई पनि विस्वास लागेको थिएन, तर नेपाल सरकारबाट मान्यताप्राप्त हो भनेर जोसियल कम्पनीको प्रमाणपत्र देखायो । र, मैले चिनेकै मान्छेले राम्रो हुन्छ भनेर आफ्नो अकाउन्टमा आएको डलर देखाएपछि होला जस्तै लाग्यो ।’, एक पीडितले बताए । ‘तर यहाँको सोझासाझा सबैलाई प्रलोभनमा पारी फसाएर गयो ।’,उनले थपे । एनसीसी बैंकमा रामप्रसादको नाममा रहेको खाता नम्बर ८०००११७४६०D मा पीडितहरुले पैसा जम्मा गरेका थिए ।

पीडितले रामप्रसादको बैंक खातामा पैसा जम्मा गरेको एक प्रमाण ।
पीडितले रामप्रसादको बैंक खातामा पैसा जम्मा गरेको एक प्रमाण ।

पीडितहरुका अनुसार सुरुमा सदस्यता लिन ६० डलर अर्थात नेपाली रुपैयाँ ८ हजार एक सय लाग्ने त्यसपछि जोसियलको विज्ञापन हप्तामा २ वटा पोस्ट गर्न पाइने र २ वटा पोस्ट गरेको १० डलर प्राप्त हुने त्यो ३५ दिनमा पाइने भनिएपछि उनिहरुले त्यसै गर्न थालेका थिए ।

जोसियल सम्बन्धि सामग्रीहरु खोज्ने क्रममा दर्पणछाँया नामक अनलाइनमा एक लेख भेटियो । उक्त लेखमा पीडितहरुले बताए जस्तै जोसियलमा सदस्यता दिने तरिकादेखि लिएर कति आम्दानी हुने कुराहरु उल्लेख गरिएको छ । २०७८ जेठ १३ गते प्रकाशन भएको उक्त लेखमा १० जुन २०२१ सम्म मात्रै उक्त बोनसको समयसीमा रहेको उल्लेख गरिएको छ । भिडियो सहित शेयर गरिएको उक्त लेखमा अहिले भिडियो भने उपलब्ध छैन । १८ जना वा सोभन्दा बढी मान्छे जोडेमा मासिक ३०० देखि ४०० डलरसम्म पाइने उल्लेख छ । कमेन्ट सेक्सनमा प्रायः यो राम्रो व्यावसाय रहेको र सदस्यता लिने तरिकाहरु सिकाइएको छ ।

नेपालमा दर्ता गरिएको कम्पनीको प्रमाणपत्र ।
नेपालमा दर्ता गरिएको कम्पनीको प्रमाणपत्र ।

एजेण्टहरुले पनि प्रशिक्षणको क्रममा यहि कुरा बताउने गरेको पीडितहरु बताउछन् । प्रशिक्षणको क्रममा एजेण्डहरुले किन अरुलाई फाइदा गराउने ? भनेपछि मासिक ३०० देखि ४०० डलरसम्म पाइने प्रलोभनमा परी बुटवलका कतिले आफ्नै परिवारको सबै सदस्यलाई जोसियलको सदस्य बनाएका थिए । सदस्यताका लागि आवश्यक पर्ने रकम चितवनका एजेण्ट रामप्रसादको खाता नम्बरमा लगाइदिएको पीडितहरुले बताए । ‘जब पैसा उसको खातामा जम्मा भयो, त्यसपछि रामप्रसाद सम्पर्कवीहिन जस्तै बन्न थाल्यो । ‘एकपटक फोन रिसिभ ग¥यो तर के गर्न सक्छन् गर् भन्न थाल्यो, त्यसपछि मात्रै थाहा भयो हामी फसेछौं भन्ने कुरा । उनले प्रशिक्षण दिँनेक्रममा खिचिएको तस्विरहरु पनि छन् । उनी आफै त्यसरी प्रशिक्षण दिन बुटवल आएका थिए ।’ अर्का पीडितले बताए ।

जोसियलका एजेण्टको रुपमा बुटवल पुगेका रामप्रसाद कँडेल।
जोसियलका एजेण्टको रुपमा बुटवल पुगेका रामप्रसाद कँडेल।

पीडितका अनुसार रामप्रसादले ३५ दिनमा पैसा आउछ, ३ महिनामा डबल आउछ भनेका थिए । तर ७ महिनासम्म पनि पैसा नआएपछि प्रश्न गर्दा उनी सम्पर्कवीहिन हुन थाले । ‘सदस्यता दिएपछि डलर देखाउने तर त्यो निकाल्न नमिल्ने रहेछ । जब ६० डलर पुग्छ त्यसले अर्को सदस्य बनाएर उसलाई त्यो डलर ट्रान्सफर गर्ने अनि ऊ बाट आफूले पैसा असुल्नुपर्ने रहेछ । यो सरासर ठगी काम रहेछ, तर एजेण्टहरुले यी कुराहरु बताएनन्, सदस्यता लिएको पैसा ३ महिना पुगेपछि डबल आउछ मात्रै भने ।’ अर्का पीडितले थपे ।

त्यस्तै, जोसियलका अर्का एजेण्ट हुन्, माधव सिवाकोटी । आफ्नो मुनी १८ जना लेफ्ट एन्ड राइट बनाए गोल्ड मेम्बर हुँदै ब्राण्ड एम्बेस्डर बनिने र त्यसपछि महिनाको लाखौं आउँछ भन्ने प्रलोभन देखाएपछि १८ जना सदस्य पु¥याउनका लागि भनिएको रकम पीडितहरुले सनराइज बैंकको माधव सिवाकोटीको नाममा खोलिएको खाता नम्बर १२५०७३३३४३२०५००१ मा पनि डिपोजिट गरेका थिए । सिवाकोटीको फेसबुक टाइमलाइनमा प्रायः जोसियलसम्बन्धि सामग्रीहरु राखेका हुन्छन् । केहि महिना अघि मात्रै जोसियल नेटवर्किङ व्यावसाय सम्बन्धमा भारतमा गरिएको कार्यक्रमको सामग्री उनको टाइमलाइनमा ट्याग भएका छन् ।

जोसियलका अर्का एजेण्ट माधव सिवाकोटी ।
जोसियलका अर्का एजेण्ट माधव सिवाकोटी ।

आफ्नो मुनि १८ जना सदस्य बनाएको खुशियाली मनाउनुपर्छ भनेर पीडितहरुलाई ती एजेण्टहरुले केक काट्न लगाएपछि पीडितहरुले केक काटेर खुशियाली मनाएका थिए । त्यो देखेपछि अन्यमा पनि अझ विश्वास बढेर गएपछि धेरैजनाले जोसियलका सदस्यता लिएका थिए । जोसियलप्रति अझ विश्वास बढाउन बुटवलका केहि व्यक्तिहरुलाई तालिम दिन भनेर भारत लगेका थिए । तर तालिमका लागि भारत पुगेका एक व्यक्तिका अनुसार त्यहाँ तालिम दिइएन, रमाइलो मात्रै गराइयो । त्यहि कसरी अझ धेरैलाई ठगी गर्न सकिन्छ भन्ने सिकाए । भारतमा जाँदाआउदा र बस्दाको खर्च सुरुमा कम्पनीको व्यहोर्ने भने पनि अन्त्यमा आफैलाई तिराएका थिए ।

कम्पनीको तर्फबाट एजेण्टहरुले फेसबुकमा प्रमाणपत्र पनि पठाइदिने गरेका छन् । यसरी झुटो आश्वासन देखाइ लाखौं ठगिएको थाहा पाएपछि पीडितहरु आक्रोशित भएका छन् ।

एक पीडितले माधव सिवाकोटीको नाममा रहेको खातामा पैसा जम्मा गरेको प्रमाण ।
एक पीडितले माधव सिवाकोटीको नाममा रहेको खातामा पैसा जम्मा गरेको प्रमाण ।

‘सुरुमा वालेटमा १०० डलर पुगेपछि निकाल्न मिल्छ भनेका थिए तर १०० पुग्ने वित्तिकै त्यो डलर देखिन छोड्यो । सोधपुछ गर्दा अहिले सिस्टम चेन्ज भएको हो । पैसा कमाउने लोभमा धेरैले फेक अकाउन्ट बनाउन थालेपछि सिस्टम फेरिएको हो भने । त्यसपछि पहिलाको भन्दा कम डलर आउने बनाउन थाले, पहिला हप्ताको ५ डलर आउथ्यो त्यसपछि हप्ताको ४ डलर मात्र आउन थाल्यो । त्यसबारे फोन गरेर सोध्दा चिन्ता नगर्नु ५० डलर पुगेपछि निकाल्न मिल्छ भन्न थाले । तर ५० डलर पुगेपछि सदस्यता नविकरण गर्न लगायो । त्यसपछि मात्रै झसङ्ग भयौं ।’, बुटवलकै अर्का पीडितले बताए । त्यसरी एजेण्टले ठगी गरेपछि कतिको परिवारमा समास्या आउन थालेको पीडितहरुको गुनासो छ ।

जोसियलको एजेण्टको रुपमा बुटवल पुगेका रामप्रसाद पछिल्लो समय फेरि अर्कै ठगीको योजना लिएर बुटवलस्थीत आफू निकट अर्का एजेण्ट सुनिता गुरुङको घरमा पुगेका थिए । तर पीडितहरुलाई थाहा नपाएको बताए । सुनिता निकटका अनुसार सुनितालाई प्रयोग गरी अन्यलाई फसाइएको थियो । उनी आफै पनि फसेकी छन् ।

सुरुसुरुमा हरेकदिन जसो जुम मिटिङ गर्ने रामप्रसाद उनको खातामा पैसा जम्मा भइसकेपछि भने अहिले सम्पर्कवीहिन छन् । अन्य सोझा नेपालीहरुलाई ठगी गरिरहेको हुन सक्ने एक पीडितको अनुमान छ ।

जोसियलको जुम मिटिङका लागि आइडी ।
जोसियलको जुम मिटिङका लागि आइडी ।

‘हामी त ठगीयौं, यस्ता किसिमको नेटवर्कीङ व्यावसायको प्रलोभनमा बाँकी कोहि नफसुन् भन्ने उदेश्यले हामी सामुहिक रुपमा उजुरी दिने तयारीमा छौं ।’ एक पीडितले बताइन् ।

कानुन व्यावसायी सुर्य सम्वाहाम्फेका अनुसार नेटवर्कीङ व्यावसाय नेपालमा प्रतिबन्ध छ । पीडितहरुले चाहेको खण्डमा ठगीमा मुद्धा चलाउन सकिन्छ । ठगी गरेको रकम हेरि कम्तिमा पनि ७ वर्षसम्मको जेल सजाय र ठगी गरेको मूल्य अनुसार जरिवाना मागदाबीसहित मुद्दा चालउन सकिने उनको भनाइ छ ।

त्यस्तै, प्रहरी स्रोतका अनुसार यदि पीडितहरुले उजुरी गरेको खण्डमा उनिहरुलाई पक्राउ गर्न सकिनेछ ।

जोसियल कम्पनीले दिएको विभिन्न तहका प्रमाणपत्रहरु ।
जोसियल कम्पनीले दिएको विभिन्न तहका प्रमाणपत्रहरु ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले गाउपालिका अध्यक्ष समक्ष बुझाए ज्ञापनपत्र

-राजकुमार लिम्बु पाटीगाउँ, मोरङ । किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले केराबारी गाउपालिका अध्यक्ष समक्ष...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...