काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता विकास अभिमुखीकरण सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठि शनिवार सम्पन्न भएको छ ।
काठमाडौंको छाउनी स्थित पञ्चकन्या माध्यामिक विद्यालयमा आयोजित उक्त कार्यशाला गोष्ठिमा संस्थाका अध्यक्ष प्राडा किशोर कुमार राजभण्डारी तथा अन्तर्राष्ट्रीय आर्ट एक्टका अध्यक्ष रामहरि गिरीले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा विभिन्न शैक्षिक संस्था र स्वयंभू स्थलेटिक्स ट्रेनिङ सेन्टरका विद्यार्थी एवं खेलाडीहरुले प्रशिक्षण लिएका थिए ।
कार्यक्रममा पञ्चकन्या माविका प्रधानाध्यापक रूपा मानन्धर, स्वयंभू एथलेटिक्स ट्रेनिङ सेन्टरका अध्यक्ष रमेश सुनार, तेक्वान्दो प्रशिक्षक मोहम्मद ताज आलम लगायतको उपस्थिति रहेको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।