साथीमार्टको ब्रान्ड एम्बेसडरमा राजेश हमाल - Naya Online

साथीमार्टको ब्रान्ड एम्बेसडरमा राजेश हमाल

काठमाडौं । २०७७ भदौ ३० गते पहिलो आउटलेट खोलेर सुरु भएको नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेन साथीमार्टको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त भएका छन् । राजधानीना आयोजित एक कार्यक्रममा हमालले मार्टसँगको अवद्दतामा हस्ताक्षर गरेका हुन् ।

काठमाण्डौंमा मात्र मार्ट सफल हुन सक्छ भन्ने परम्परालाई हटाउँदै साथीमार्ट सुरुवातको १६ महिनामा सातै प्रदेशका सहरमा ७ दर्जन बढी आउटलेट सन्चालन गर्दै काकरभित्ता देखि दार्चुला अनि जिरी देखि ढल्केबर पुग्न सफल भएको छ ।

साथीमार्टको एफिटिएट मार्केटिङः

बेरोजगार तथा नेपालमै बसेर केहि गरौं भन्ने सोच भएका युवाहरुलाई लक्षित गरि साथीमार्टले बिना लगानी व्यापार सुरु गर्न सकिने साथै रेफर एण्ड अर्न गर्ने गरि ’साथीमार्ट एफिलिट स्टार्टअप प्लान’ सुरु गरी यहि वर्ष कम्तिमा ३० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य रहेको छ । जस अन्तर्गत साथी प्रडक्सनका उत्पादन र साथीमार्टमा उपलब्ध अन्य सामान रेफर गरि तीस प्रतिसत सम्म आम्दानी गर्न सकिन्छ ।

आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी साथीमार्टले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरुको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ ।

साथीमार्टको आधिकारिक वेबसाइट WWW.SAATHIMART.COM मा आफुलाई आवस्यक सामान रोजेर अर्डर गर्न सकिन्छ। हाल मोबाइलमा एण्ड्रोइड भर्सनमा साथीमार्टको मोबाइल एप उपलब्ध छ भने छिट्टै आइओएसमा पनि एप उपलब्ध हुने साथीमार्टका सँस्थापक सिइओ पोख्रेल बताउँछन् ।

साथीमार्ट प्रशासन सबै मार्टमा यस आर्थिक बर्षमा ३०० प्रतिशत सम्मको बिक्री बढाउने योजनामा रहेको छ । बिक्री बढाउन छुट, नेशनल कस्टमर मेम्बरसिप, एफिलिएट मार्केटिङ, नयाँ अफर, फल्यास सेल्स, मेड इन नेपाल कलेक्सन, पिक अप सुबिधा र अन्लाइन सेल्सलाई प्राथमिकता दिइएको बताइएको छ ।

मार्टमा सामान महँगो होला भन्ने अवधारणा हटाउदै ग्राहक आधार बलियो बनाउन साथीमार्ट सफल भएको छ । साथै मार्टले हालका लागि फ्रान्चाइज शुल्क र रोयल्टी नलिने रणनीति लिइ व्यापार बिस्तारमा जोड दिएको छ । त्यस्तै आउटलेटमा मेड इन नेपाल कलेक्सनलाई जोड दिइएको छ ।

पुराना एकल पसलको युग बिश्वब्यापी रुपमानै समाप्त हुँदै गएको भन्दै नेपालमा पनि चेन सुपरमार्केट सुरु हुने भएको र नेपालमा पनि ९० प्रतिशत भन्दा बढी ईन्टरनेट प्रगयोगगर्ता भइसकेको अबस्थामा डिजिटल मार्टको युग सुरु हुने साथीमार्टले बिश्वास लिएको छ। साथीमार्टको यसै बर्ष थप २ सय र ३ बर्षमा नेपाल भर हजार आउटलेट खोल्ने लक्ष्य रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...