पाँचथरको फाल्गुनन्द ६ मा पोषण तथा खाद्य सुरक्षासम्बन्धी अन्तरक्रिया सम्पन्न - Naya Online

पाँचथरको फाल्गुनन्द ६ मा पोषण तथा खाद्य सुरक्षासम्बन्धी अन्तरक्रिया सम्पन्न

पदम सुखी सम्बाहाम्फे
पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ आङसराङ वडा कार्यालयमा बिहीबार वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक सम्पन्न भएको छ ।

वहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरर्गत वडा कार्यालयमा पोषण तथा खाद्य शुरक्षा सम्बन्धी अन्तक्रिया सम्पन्न भएको हो ।

बालवालिकाहरूलाई कुपोषणबाट बचाउन पोषिलो खानेकुरा खुवाउने, हरेक बार खाना चारको अवधारणलाई लागु गर्नेलगायतको विषयमा कार्यक्रममा अन्तरक्रियामा चर्चा भएको थियो ।

कार्यक्रमको सहजिकरण गाउँपालिका पोषण सहजकर्ता सुमित्रा तामाङले गर्नुभएको थियो भने गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बार्षिक कार्यक्रम अन्तरर्गक सुनौलो हजार दिनका आमाहरूको स्याहार सुसारको लागि पोषण कार्यक्रम र सडक नाटकसमेत प्रर्दशन गर्दै आएको तामाङको भनाइ छ ।

कार्यक्रममा जयनारायण आर्दश मावि मेहेलबोटेका प्रधानअध्यापक बिनोद अधिकारीले दुई वर्ष मुनीका बालवालीकाहरूको स्याहार सुसार र हेरबिचारको लागि परिवारले ध्यान दिनुपर्ने र विद्यालयको दिवा खाजामा पनि पोषिलो खाने कुरामा आबस्यक ध्यानाकर्षण पुग्नुपर्ने जोड दिइएको थियो ।

यसैगरी सोही वडाको मेहेलबोटे स्वास्थ चौकिमा बिहिवार वडा स्तरीय नागरिक आरोग्य समुहलाई स्वस्थ्य जीवनशैली योग एवं स्थानीय जडिबुटी प्रयोग सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो । नागरिकहरू योग तथा ब्यायाम गरेर पनि मानव जीवनका रोग न्यूनीकरण गर्न सकिने र गाउँघरको रितिरिवाज अनुसार धामी झाक्री द्वारा पनि कतिपय बिरामीहरू निको हुने विश्वास भएकोले स्वास्थ स्वयंसेविकाहरू सङ्ग समन्वय गरि हरेक नागरिकको जिबन रक्षाका लागि सङ्गिय सरकार तत्वर रहेको कुरा समेत अभिमुखिकरणका सहजकर्ता राजु पराजुलीले बताएका छन् ।

कार्यक्रममा वडा सचिव जयबहादुर तामाङ, जनप्रतिनिधि, संघसस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज लगायतको सहभागिता समेत रहेको थियो । कार्यक्रम ६ नं. वडाअध्यक्ष नारायण प्रसाद आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...