जनताले पावन्दी कहिले जान्ने ? - Naya Online

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू

नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा । लगभग एउटै समयकाल रहेको नेपालको कथित एकिकरण र अमेरिकामा कथित पत्ता पाउने यूग एकै थिए भन्न सकिन्छ । तर वर्तमान नेपाल र अमेरिकाको उन्नतिबारे वहस गर्दा थाहै नपाई आकाश–पातालले फरकता आइदिन्छ । सायद यो पावन्दी (समय) बुझाईमा नै फरक थियो होला ।

मतलब शासकीय आधारमा आवधिक समय हेर्नु होभने अमेरिकाको राष्ट्रपतीहरूको सङ्ख्या र नेपालमा प्रधानमन्त्रीको सङ्ख्यामा खासै फरक छैन । तर अमेरिकामा कल्पनाभन्दा वाहिरै जस्तो विकासहरू चरम उत्कर्षमा पु¥याए भने नेपालमा विकासको सट्टा भ्रष्टचार चैं चरम उत्कर्षमा पु¥याए । अमेरिकामा नागरिक (जनता)को अधिकार अधिकतममा राखे भने नेपालमा जनताको अधिकार कहिले पनि आउन सकेन । एउटा मुठिभर भनिएर हत्केलाको कसाईमा राख्ने चेष्टा अहिलेसम्मै प्रयत्न गरिरहेछन् ।

विकसित मुलुकमा चुनाव, जनताको अधिकार र विकासका लागि हुँदो रहेछ तर नेपालमा अधिकार विहिनको विकासको चुनाव हुँदो रहेछ भन्ने अमेरिका र नेपालको विकासक्रमहरू हेर्दा थाहा भैहाल्छ । तथापी नेपालको हकमा पाँचवर्ष केही समय होइन भन्ने हिसाबले मतदान गरिएकाले पनि समय चिप्लेर यसो हुन गएको जस्तो लाग्छ ।

हामीले मतदान ग¥यौं तर पाँचवर्ष त हो नि भनेर जिताउँछौं । उसले केही पनि गरेन, जनताको अधिकारसँगै विकास निर्माणहरू । फेरी एकपटक मौका दिनुस्, कामहरू सकिएन भनेर पाँचवर्षका लागि पूनः मत माग्छन् । पूनः नविकरण गरेर पठाउँछौं । उसले फेरी केहि पनि गर्न सक्दैनन, जनताको अधिकार र विकासका लागि । उसले अदृष्य रुपमा अकुत सम्पत्ति कमाउँछन्, छोराछोरीहरूलाई छात्रवृत्तिबाट विदेश वा स्वदेशमा पढाउँछन् । अब्बल रुपमा अधिनायक पूँजीवादी नवसामन्त शासक जस्तो भएर दशवर्षमा उदाउँछ । देशविकास गरेर होइन । जनतालाई न्याय दिएर होइन । न्यायको सट्टामा अन्याय पारि रहन्छन् बरु । मुद्दामामिला, कलझगडा, गैरकानूनी अभ्यास आदिहरूमा जनतालाई दुःख दिइरहन्छन् । किनभने दशवर्षभित्र उनलाई कसैले हल्लाउन नसक्ने माइलस्टोनमा पुगी सकेको हुन्छ । जनता जस्ताको तस्तै, थुइक्क ।

जनताले रिस उठ्छ, दुःख पाएको वा दिलाएकोमा, जनताको अधिकार नदिएकोमा र विकास निर्माणमा आफ्नो मान्छेहरूमा उपभोक्ता बनाएकोमा । चुनावमा हराउनु पर्ने उठ्दैनन् । उनको दललाई हराउन जनता एकिकृत हुन्छन् । अर्को दलका व्यक्तिलाई पाँचवर्षका लागि जिताउँछन् । जनताका लागि केहि गर्छ होला भन्ने सोचमा ढुक्क हुन्छन् तर उनले पनि अघिल्लोको जस्तै गर्छन् । जनताको अधिकारमा मौन बन्छन् । काम गर्ने निहुँमा समयावधी सकिएकाले पूनः निर्वाचनमा एकपटक जिताउन र जनसेवा गर्न जनतामाझ आउँछन् । जनताले पूनः नविकरण गरेर पठाउँछन् । उनले पनि अघिल्लोको जस्तो हरेक क्षेत्रमा बलियो बन्दै गएको हुन्छ । उनका छोराछोरीहरूलाई विदेशको वा स्वदेशको छात्रबृत्ति लिएर पढाउँछन् । विकास निर्माणमा आफ्नो मान्छेलाई राख्छन् । केहि अस्थाई करारहरूमा आफ्नो मान्छेहरूको भर्ति केन्द्र बनाउँछन् । झनै अघिल्लोभन्दा बलियो भएर अधिनायकी पूँजीवादी सामन्त वन्दै जान्छन् र प्रशस्त धन कमाउँदै जान्छन् । जनतालाई अधिकार त के, मुद्दामामिला, कलझगडा आदि कार्यहरूमा समेत जनताको पैसा लिएर घुस कामगर्दै जनतालाई दुख दिन्छन् । हरेक पक्षबाट पैसा कमाउने अर्थमा बुझ्छन् ।

यी कार्यकलापहरूले जनता वाक्क बन्छन् । मत दिने अन्य विकल्प रहेपनि पैसाको अगाडि शीर झुक्न वाध्यता छ, गरिव जनता । चारपटक जनताको मत, कुनै दुईव्यक्तिलाई धनी र शक्तिशाली बनाउनुभन्दा अन्य उपयोग हुँदैनन् । वास्तवमा विसवर्ष भनेको बच्चा जन्मेर बेचलर समय हुन् । सिँगापुर विसवर्षसम्ममा अहिलेको अवस्थामा पु¥याएको मानिन्छ तर हामी जनताले तेस्तो समय ख्यालै गर्दैनौं । दलहरूले जनताको अधिकारलाई खोसाएर आफैंमात्र धनी बन्ने मार्ग लिन्छन् भन्ने बोध जनतालाई छैन । एकपटक ढाँटेर सत्ता कव्जा गरेपनि जनताको काम केहि गर्दैनन्, गरेरनन् । देख्दैछौं । पूनः उसलाई नविकरण गरेर पठार्यौं भने जनताको अधिकारको विषयमा केही चासो राख्दैन किनकि पहिले पनि नराखेको ज्वलन्त नै छ । बरु पुरै समय कमाउन र आफ्नो परिवारलाई सरकारको पैसाबाट शिक्षा दिनमा लालायित हुन्छ । दशवर्ष जनतालाई बलियो बनाउने समय सकिन्छ । अर्को फेरी जनताले छान्छौं । उसले पनि यसरी नै जनताको अधिकारलाई झुक्याउँदै विकासका काम गर्ने निहुँमा समय विताउँछन् । अर्को दशवर्ष जनतालाई बलियो बनाउने समयहरू तेत्तिकै सकिन्छ । यसरी पाँचवर्षको समयसिमा हामीलाई गम्भिरता लाग्दैन, उपयुक्त समय लाग्दैन भने जनताको अधिकार दिन नसक्नेहरूको ढाँट र छलीहरूको पञ्जामा पर्दै जान्छौं । यस्ता विसवर्षहरू त गएको गएकै हुन्छ ।

अमेरिकामा पनि हाम्रो जस्तै चुनाव हुन्छ, सिँगापुरमा पनि । तर त्यहाँको चुनाव भनेको जनताको अधिकारसँगै विकास निर्माणका लागि चुनाव हुन्छ । नेपालमा जनताको अधिकारविहिन खोक्रो विकास निर्माणका लागि चुनाव हुन्छ भन्नु उचित लागेर आउँछ । विकास नगर्ने कुनै सरकार हुन सक्दैन । चाहे राणाकाल किन नहोस् यात पञ्चायत नै । उनीहरूले पनि विकासको मूल फुटाऔं भनेर उद्घोष गर्दै विकासका पूर्वाधारहरू शुरु गरेको देखिएकै हो । फरक कत्ति भन्दा जनतालाई यस विषयमा बोल्ने अधिकार दिएन ।

अब जनतालाई के वाध्यता बनाउने हर्कत गर्दैछन् भने जनतालाई अधिकार होइन । उनीहरूलाई खानेपानीको पाइप दिने, हिलटेङ्क दिने, पानी नभएपनि रिजर्भ टेङ्कीहरू बनाई दिने, साना मसिना बाटोहरू खनिदिने, कुलोहरू बनाई दिने, सार्वजनिक भवनहरू बनाइदिने, माठमन्दिरहरू बनाई दिने आदिहरूको पनि उपभोक्ता समितीमा आफ्नै दलको राख्ने जस्ता बच्चाहरू खेल्दा काम गरे जस्तै आउँछन् र गर्छन् । ति योजनाहरू पाउनका लागि वा उपभोक्ता अध्यक्ष बन्नका लागि कांग्रेस वा एमाले वा माओवादी केन्द्र आदिको सदस्यता बन्नु (हुनु)पर्ने अनिमात्र उक्त वस्तु वा पद पाइने जस्तो दलीय तुच्छ विचारको विकास भएको छ । के त्यो योजनाहरूको बजेट ति दलहरूको लेबी पैसा हो त ? ति दलहरूको नीजि सम्पत्ति हो त ? अचम्म लाग्छ । लाग्छ, ति बजेटहरू त ति दलकै लेबीबाट आएको हो भने किन वडापालिका र गाउँपालिकाको खातामा बजेट आउँछ ? जनतालाई बेवकुफ बनाउने ति दलहरू नै हुन्, नेपाल निर्माणमा कहिले अग्रसर हुन नसकेको । तसर्थ अव होशीयार रहनुपर्छ । अझै पनि यस्तो ढाँटले पाँचवर्षमात्र होइन विसौंवर्ष सिध्याउनका लागि आउँछन् । तसर्थ जनताको अधिकारका लागि जहिले ढाँटेर विकासका पूर्वाधारहरू मात्र लिएर आउने दलहरूलाई चिनेर अधिकारका लागि लड्नैपर्छ । धेरै समय सकियो । अमेरिकाका नागरिकहरू अधिकार सम्पन्न छन् र विकासको गति तेज भयोे । अब हामी पनि आफ्नो अधिकारसँगै विकास निर्माणका लागि बोल्ने दलहरूलाई स्थापित गरेर देश बनाउने महान कार्यमा लाग्नुपर्छ । नभए माथि उल्लेख गरेजस्तै पूनः जनता हुनु हो भने नेपाल केही वर्षमै महाकंगाल बनाउँछन्, तपाई हामीले विश्वास गरि पठाएका राजनैतिक दलहरूले ।

तसर्थ, चुनावको बेला पैसा दिँदैमा, पाईपहरू दिँदैमा, योजनाको उपभोक्ता अध्यक्ष बनाउँछु भन्दैमा, ड्रम दिन्छु भन्दैमा, बेस्सरी मेजमानीहरू दिँदैमा जनताको अधिकार अहिलेसम्म नदिनेलाई मतदान गरी जिताउनु भयो भने फेरी पनि ‘पाँचवर्ष पछि परियो’ भनेर बुझेहुन्छ । पाँचवर्षसम्म गरेजस्तो गरेर अर्को पटक पूनः उसैलाई नविकरण गर्न वाध्यताहरू आउँछन् र अर्को पाँचवर्ष गरी दशवर्ष पछिपर्ने भइयो भनेर बुझेहुन्छ । अर्को कुरा पैसा लिनु, पाइप लिनु, उपभोक्ता अध्यक्ष बन्नु, ड्रम लिनु, मेजमानी खानु अधिकार होइन र अधिकारभित्र नपर्ने क्रियाकलापहरू हुन् । अधिकारभित्र नपरेका तर दामासाहीले सरकारी बजेटको योजनाहरूबाट पाईने हो भने लिनैपर्ने अधिकार भने हो । यो लिनैपर्ने अधिकारलाई अभिमतमा जाहेर गरियो भने सोँचमा, चेतनामा र ज्ञानमा साँच्चै पछिल्तिरै छौं भनेर बुझेहुन्छ । मत जाहेर गर्दा पैसामा वा अन्य कुनै वस्तुहरूमा साट्नु भनेको देश विकासमा धेरै पछिपर्नु नै हो । नेपाल यसरी पछि पर्दै गएको हो ।

सर्वप्रथम अधिकारहरू केके हुन् भन्ने सुझबुझ हुनु जरुर छ । अधिकारहरू भाषाको, धर्मको, रोजगारको, सेवासुविधाको, कुटनीतिहरूको, नियुक्तिहरूको आदी जस्ता यावतहरू सरकारी क्षेत्रहरूमा पर्दछन् । अझै जल, जंगल र जमिनको पनि अधिकारको सामथ्र्य राख्छन्, आदिवासी जनजातिहरूले । यो पनि अधिकारभित्र पर्ने उनीहरूको नैसर्गिक अधिकार हो । तसर्थ आफ्नो हरेक अधिकारहरू स्थापना गरी देश विकास गर्नका लागि र देशलाई पछि नपार्नका लागि ती ढाँटका दलहरूलाई समूल ध्वस्त पार्दै लैजानु जनताको वास्तविक मताधिकार हो । मत दिने एकमिनेटको बेलामा सोचेर मतदान गर्नु होला । पाँचवर्ष कि पछि परिन्छ या अग्रगमनतिर ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘सिरिजङगा तङ्नाम’को भिडियो सार्वजनिक

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को शुक्रबार सार्वजनिक भएको छ । सिक्किमस्थित मार्ताम,...

‘हुक्फोलो’को भिडियो सार्वजनिक

पान्थर, ६ माघ । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ...

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...