लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई - Naya Online

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ

काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद अध्यक्ष डा . बाबुराम भट्टराईले लिम्बुवानको माग र मुद्दालाई समय मै सम्बोधन नगरे महँगो पर्न सक्ने बताएका छन् । सोमबार जनता समाजवादी पार्टीको सुज अभियान कार्यक्रमका लागि लिम्बुवान भ्रमण पछिको अनुभुती सन्दर्भमा भट्टराईले सो अभिव्यक्ति दिएका हुन् ।

त्यस्तै, नेपालका जातीय मुक्ति आन्दोलनहरूमध्ये सबैभन्दा पुरानो र सशक्त लिम्बुवान आन्दोलन हुनुको पछाडि यसको ऐतिहासिक विशिष्ठता (गोरखा राज्यसंगको सम्झौता), जातीय समरूपता, आफ्नै लिपी सहितको भाषा/साहित्य, मौलिक धर्म/संस्कृति (मुन्धुम), आर्थिक प्रणाली (किपट प्रथा) आदि रहेको पनि बताएका छन् । लिम्बुवानको विविध पक्ष बारेमा पनि उनले सामाजिक संजालमार्फत उल्लेख गरेका छन् ।
‘यसपटकको लिम्बुवान भ्रमणपछिको अनुभूति: नेपालका जातीय मुक्ति आन्दोलनहरूमध्ये सबैभन्दा पुरानो र सशक्त लिम्बुवान आन्दोलन हुनुको पछाडि यसको ऐतिहासिक विशिष्ठता ( गोरखा राज्यसंगको सम्झौता), जातीय समरूपता,आफ्नै लिपी सहितको भाषा/साहित्य, मौलिक धर्म/संस्कृति (मुन्धुम), आर्थिक प्रणाली (किपट प्रथा) आदि रहेछ। राज्य पुनर्संरचना आयोगको प्रतिवेदन अुरूप बेलैमा समस्या हल गरौं! नत्र भोलि महॅगो पर्नसक्छ!, उनले सामाजिक संजालमा लेखेका छन् ।

पृथ्वीनारायण शाहको गोर्खा राज्य विस्तारको क्रममा १८३१ मा गोर्खा राज्य र लिम्बुवानबीच लालमोहर सन्धी भएपछि मात्र लिम्बुवान नेपालमा गाभिएको हो । लालमोहर सन्धीमा लिम्बुवान कहिले नमासिने भएकोले नेपाल र लिम्बुवानबीच दाजुभाइको सम्बन्ध रहने र लिम्बुवानलाई स्वायत्त अधिकार दिने भनेर उक्त लालमोहर सन्धिमा बताईएको छ । लालमोहर सन्धी अनुरुप अधिकार दिनुपर्ने र लालमोहरमा भएको सम्झौता कार्यन्वयन हुनुपर्ने माग सहित लिम्बुवानका जनताले निरन्तर संघर्ष गर्दै आएका छन् ।

डा. बाबुराम भट्टराईको उक्त अभिव्यक्ति पछि अहिले सामाजिक संजालमा समर्थक र आलोचकबीच तर्क–वितर्क जारी रहेको छ । कतिपय आलोचकहरुले भट्टराईले लिम्बुवानी जनतालाई फकाउन उक्त अभिव्यक्ति दिएका आरोप समेत लगाई रहेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘सिरिजङगा तङ्नाम’को भिडियो सार्वजनिक

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को शुक्रबार सार्वजनिक भएको छ । सिक्किमस्थित मार्ताम,...

‘हुक्फोलो’को भिडियो सार्वजनिक

पान्थर, ६ माघ । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ...

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...