सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित - Naya Online

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ

सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ । जिल्लाको चैनपुर नगरपालिका वडा नं ४ र वडा अन्तर्गत रहेको खेलकुद विकास समितिको संयुक्त आयोजनामा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको हो ।

नगरपालिकाको वडा नं ४ का वडाध्यक्ष धनबहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा चैनपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष तथा पूर्व ब्याडमिन्टन खेलाडी काली बहादुर लिम्बु प्रमुख अथिति रहेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा लिम्बुले जिल्लाभित्र तथा बाहिर आयोजित दर्जनांै खेल उपाधि चुमेका विशेष गरी वडा नं ४ का खेल क्याप्टेन आकाश बुढाथोकी लगायत सम्पूर्ण खेलाडी तथा सहयोगी निकायहरु तारिफ र सम्मान योग्य रहेको भन्दै एकमुष्ट बधाई तथा शुभकामना ज्ञापन गर्दै उनीहरूको हौसलाको लागि स्थानीय निकाय तथा अभिभावकहरू अझै जिम्मेवार बन्नुपर्ने कुरामा जोड थिएका थिए ।

अथितिकै रूपमा उपस्थित वडा खेलकुद सचिव राम बहादुर बुढाथोकी, युवा नेता साथै वडा खेलकुद व्यवस्थापक मनोज तामाङ लगायतले मन्तव्य दिने क्रममा आआफ्नो क्षेत्रमा थप जिम्मेवारपूर्ण भूमिका निभाउने , स्थानीय युवा तथा खेलाडीहरूलाई टिकाउन अनि नयाँ खेलाडी उत्पादन गर्ने साथै आगामी दिनहरुमा खेलकूदलाई व्यवसायिक बाटोमा लैजान हरसम्भव प्रयास गर्ने प्रतिज्ञा जाहेर गरेका थिए । साथै यस प्रकारको कार्यक्रमले स्थानीय खेलाडीहरूमा मनोवल र हौसला समेत बढाउन ठूलो भुमिका निर्वाह गरेको र गर्ने भएकोले ४ नम्बर वडा प्रति आभार व्यक्त गर्दै वडा खेलकुद टीम क्याप्टेन आकाश बुढाथोकीले आगामी दिनहरुमा आफुहरुले उच्च खेल प्रदर्शनी र उपाधि जित्नेमा विस्वस्त रहेको कुरा उल्लेख गरेका थिए ।

सोमबार सम्पन्न उक्त कार्यक्रममा स्थानीय खेलाडीहरू तथा अभिभावकहरूको उपस्थिति रहेको थियो भने खेलाडीहरूले विभिन्न स्थानबाट जितेर ल्याएको ट्रफि र पदकहरूको समेत प्रदर्शन गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संचारकर्मी सन्देश सुब्बा पुरस्कृत

पाँचथर । संचारकर्मी सन्देश सुब्बा स्वर्गीय प्रजापति–जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।...

थाइल्याण्डमा पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती

काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पायो पूर्णता

तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...