विकृति विसंगति अन्याय अत्याचार र बिभेद प्रवृत्ति विरुद्ध लड्नु पर्छ –डा. भट्टराई - Naya Online

विकृति विसंगति अन्याय अत्याचार र बिभेद प्रवृत्ति विरुद्ध लड्नु पर्छ –डा. भट्टराई

पदम सुखी सम्बाहाम्फे
पान्थर, १९ पुस । पान्थर जिल्लाको कुम्मायक गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालको शनिबार बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पुर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका सङ्घिय परिषद अध्यक्ष डा, बाबुराम भट्टराईले समाज अर्थात हरेक समुदायमा आमुल रूपान्तरण चाहने ब्यक्तिले भिड कता छ भनेर नहेर्ने बताएका छन् । मरेका माछा पानीको प्रवाहसँगै तल बग्ने तर जिउदा माछा पानीको प्रवाहको विपरितमा बग्ने संज्ञा दिँदै भट्टराईले समाजको आमूल रूपान्तरण चाहने मान्छे भिडको पछि नलाग्ने तर्क दिदै आफ्ना राजनीतिक कदम त्यही दिशामा उन्मुख रहेको बताएका छन् ।

जनता समाजवादी पार्टी कुम्मायक गाउँ कार्य समितिको आयोजनामा भएको सुज अभियान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले कुनै चिज बाङ्गिए त्यसलाई सोझ्याउन अर्कोपट्टी बढी मर्काइदिनु पर्ने विज्ञानको नियम जस्तै देशको राजनीतिक प्रणाली बाझिएकोले त्यसलाई सिधा पार्न जिउदा मानिसहरूको आबस्यकता भएको बताउदै जनता समाजवादी पार्टीलाई त्यस्को नेतृत्व गर्ने अबसर जुटाउन सबै समुदाय एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका थिए । समाजमा विकृति विसंगति अन्याय अत्याचार र विभेद छ भने त्यसको विरुद्ध लडने मान्छेले त्यतिबेलाको जुन मुल्य मान्यता संस्कार प्रवृत्ति नियम कानुन र ऐन तथा संविधानको विरुद्ध उभिने साहस गर्नुपर्छ तबमात्र संघीय लोकतान्त्रिक गणतन्त्र धर्म निरपेक्ष समावेशिता राष्ट्रपति प्रणाली तथा संविधान संसोधन सम्बन्धि पार्टीको मुद्दामा बल पुग्ने नेता भट्टराईको भनाइ थियो ।

पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा पुर्वमन्त्री रकम चेम्जोङ जसपा केन्द्रिय सदस्य एवं १ नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्री जयराम यादव, केन्द्रीय सल्लाहकार डा. महेन्द्र सुन्दर लावती, केन्द्रिय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, केन्द्रिय सदस्य सिल्पी विशेष क्षेत्रका अध्यक्ष दलमर्दन कामी, केन्द्रिय समिति सदस्य रोशन पोखरेल यसैगरी महिला नेत्री शर्मिला आङ्देम्बे पार्टीका जिल्ला अध्यक्ष लक्ष्मण लावती, गणेश चेम्जोङ लगायतका केन्द्रिय तथा प्रदेश र जिल्लाका बक्ताहरूले ब्याकुल माइला द्वारा रचित राष्ट्रिय गान अनुसारको मुलुकमा नीति र समान ब्याबहार राज्यले नगरेको र ठुला पार्टी भनाउदा एमाले काङ्ग्रेस र माओवादीमा रहेका नश्लियवादी एकात्मकवादी सोच अनि चिन्तन भएका ब्यक्तिहरूलाई परास्त गर्न जनता समाजवादी पार्टी उभिएको बताएका थिए ।

सङ्गठन सुदृढीकरण तथा जनजागरण अभियान अन्तर्गत बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा कुम्मायक गाउपालिका वडा नम्बर १ का निर्बाचित वडा अध्यक्ष देबेन्द्र कुमार लावतीले आफ्ना २ सय भन्दा बढी कार्यकर्ताहरू सङ्ग जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए भने यासोक क्याम्पस प्रमुख कर्ण लावती पुर्व अध्यापक देबेन्द्र प्रसाद लावती र राप्रपा परित्याग गरि राप्रपा जिल्ला उपाध्यक्ष बिस्वेस्वर बेघा लगायत जसपामा प्रवेश गरेका थिए । उत्पीडित बर्ग जाती र समुदायको हकअधिकार सुनिश्चित गर्ने अबको बैकल्पिक शक्तिसाली पार्टी जसपा मात्र भएकोले यसै पार्टीमा आबद्ध रहेर जनताहरूको लागि थप सेवा पुर्याउने प्रतिबद्धता वडाअध्यक्ष देबेन्द्र कुमार लावतीले जाहेर गरेका छन् ।

उक्त कार्यक्रम इवातेम्बे युबा समुहको साङ्गितिक नृत्य गगन प्रकाश लावतिको गीत प्रस्तुति र विभिन्न कलाकारहरूद्वारा केःलाङ साथै नौमती बाजा सहित जसपा कुम्मायक गाउँ कार्य समितिका अध्यक्ष टि. एन. सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...