फोनिज पान्थरमा रामचन्द्र तामाङ - Naya Online

फोनिज पान्थरमा रामचन्द्र तामाङ

पदमसुखी सम्बाहाम्फे
पान्थर, १९ पुस । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरको अध्यक्षमा सुम्हात्लुङ एफ.एम.का स्टेशन म्यानेजर रामचन्द्र तामाङ निर्वाचित भएका छन् ।

अध्यक्ष पदका लागि बिहीबार भएको निर्वाचनको अन्तिम मतपरिणा अनुसार खसेको ५३ मतमध्ये ३० मत प्राप्त गरेर तामाङ अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका अर्का प्रत्यासी गणेश साम्पाङले २३ मत प्राप्त गरे । फोनिज पाँचथरको कूल ७० मतमध्ये ५३ मत खसेको मूख्य निर्वाचन अधिकृत मंगल बेघाले बताए ।

अध्यक्ष बाहेक अन्य पदमा भने सबैजना सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा सहरसिं तामाङ, सचिव उपेन्द्र येक्तेन, सहसचिव चित्रकला हाङसरुम्बा र कोषाध्यक्ष इवारा जबेगु सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा उत्तर लिम्बू, पदम दुःखी सम्बाहाम्फे, गजेन्द्र तुम्बापो, रमेश गुरुङ, मनेन्द्र केरुङ, रेशन त्यागी, सर्मिला मुखिया र मौसम सम्बाहाम्फे सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रदेश प्रतिनिधिमा सेसेहाङ लाओती, सुवाश केरुङ (नुनाम), प्रिय योङहाङ, सम्झना योङहाङ, दिल कुमारी योञ्जन, बिशाल राई, टार्जन राई, लक्षिमा तामाङ र एल.बी.लाओती निर्वाचित भएका छन् । संघीय प्रतिनिधिमा तिलबिक्रम नेम्बाङ, नारायण तुम्बापो, भकेन्द्र लाओती, जङ्ग तामाङ, घनेन्द्र केरुङ, निशा लोवा र देविका योङहाङ निर्वाचित भएका छन् ।

निर्वाचित जिल्ला कार्य समिति, प्रदेश प्रतिनिधि र संघीय प्रतिनिधिहरुलाई फोनिजका संघीय सदस्य बिजयबोध लाओती, १ नं.प्रदेश समिति सचिव सन्देश सुब्बा, फोनिज पाँचथरका संस्थापक अध्यक्ष कविन्द्र शेर्मा, मूख्य निर्वाचन अधिकृत मंगल बेघा, निर्वाचन अधिकृत अधिवक्ता सन्त राई र निर्वाचन अधिकृत शान्ति देवी राईले बधाई तथा शुभकामना दिएका थिए ।

गत मंसीर २९ गते उद्घाटन समारोहपछि सुरु भएको बन्द शत्रमा अध्यक्ष पदका लागि दुई जनाले दावी नछोडेपछि सहमतिका लागि पुष १५ गतेसम्म निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । यद्यपी उक्त समयावधीमा पनि सहमति जुट्न नसकेपछि बिहीबार निर्वाचन गराइएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

महिला शक्ति विकास केन्द्रद्वारा कुम्मायकमा एकदिने कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ माघ । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज महिला नेतृत्व...

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

सेहोनाम्लाङमा कियाचु पाँचथरको ताम्भुङ्चा (वनभोज) कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको आयोजनामा...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

भेन र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २१ वर्षीय पवन लिम्बुको मृत्यु

मोरङ, २९ पुस । उर्लाबारी नगरपालिका–७ ग्राण्ड होटल नजिक भेन र मोटरसाइकल एकआपसमा ठक्कर...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...