अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न - Naya Online

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली”
टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक पर्व न्वाँगी–चासोक तङनाम साँझ २०७८ यालाङ–के–लाङलगायत विभिन्न साँस्कृतिक कार्यक्रमहरुका साथ सम्पन्न भएको छ ।

२५ डिसेम्बर २०२१ का दिन तङ्नामसँगै कियाचु टेक्सासको अधिवेशन पनि सम्पन्न भएको छ । अधिवेशनले भूपेन्द्र योङया (तोङसा) को अध्यक्षतामा किरात याक्थुङ चुम्लुङ टेक्सासको सत्र सदस्यीय नयाँ कार्य समिति पनि चयन भएको छ ।

कार्य समितिको उपाध्यक्षमा ईक्सा लिम्बू तुम्बाहाम्फे र इन्द्र लिम्बू थेबे, सचिव लालबहादुर (एलबी) साँबा, सह–सचिव सुश्री दुर्गा जबेगु, कोषाध्यक्षः बेद्कुमार (प्रकाश) जबेगु रहेका छन् ।

सदस्यहरुमा भगेन्द्र लिम्बू पाहिम, सागर लिम्बू साँबा, कृष्णाजङ लिबाङ, हिमाल तुम्बाहाम्फे, सुम्निमा ईङनाम, बिशाल लिम्बू ताम्लिङ, अमृत तुम्बाहाम्फे, अन्जना लिम्बू ताम्लिङ, सुनिल लिम्बू साँबा, रमेश लिम्बू तावा तथा रनबहादुर साँबा रहेका छन् ।

चुम्लुङ टेक्सासका निवर्तमान अध्यक्ष अम्बर बहादुर सेनेहाङले नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै चुम्लुङ टेक्सासको बारेमा छोटो चर्चा गरेका थिए । सेनेहाङले डीएफएडब्ल्यु एरियामा रहेका सामाजिक संस्थाहरूबाट उपस्थित भएका सम्पूर्ण प्रतिनिधिहरुलाई खादा पहिर्याएर स्वागत गरेका थिए ।

चासोक तङनाम साँझको कार्यक्रममा सरोज सुब्बा तुम्बाहाम्फे, आशिस लिम्बू लिङ्देन, लालबहादुर (एल.बी.) नेम्बाङ, सुर्यबहादुर साँबा, मनिराज सुब्बा थेगिम, सुर्य मोक्तान र दिलिप राईलगायतले आफ्नो मन्तब्य राखेका थिए ।

संस्थाका सचिव लालबहादुर (एलबी) साँबाले सञ्चालन गरेको चासोक तङनाम साँझको कार्यक्रमलाई अध्यक्ष भूपेन्द्र योङया (तोङसा)को सभापतित्वमा सम्पन्न भएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...