तीन गाउँले थकाली समुदायले मनाए नयाँ वर्ष (ल्हो सम्प) - Naya Online

तीन गाउँले थकाली समुदायले मनाए नयाँ वर्ष (ल्हो सम्प)

पोखरा, १९ पुस । पोखरामा बसोबास गर्ने तीन गाउँले थकाली समुदायले आफ्नो नयाँ वर्ष (ल्हो सम्प) सामूहिक रूपमा मनाएका छन् ।

ताक ल्हो आगमनको अवसरमा तीन गाउँले थकाली सेवा समाजले शुभकामना आदानप्रदान कार्यक्रम तथा मुस्ताङ (थाक, ठिनी, स्याङ र चिमाङ)का तीन गाउँले थकाली समुदायको मातृभाषाको अवस्थाबारे अन्तरक्रियात्मक गोष्ठी सम्पन्न गरेको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा भएको सो कार्यक्रममा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं भाषाविद् लोकबहादुर थापामगरले मातृभाषासम्बन्धी सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्का अध्यक्ष खेम पुनमगरले आदिवासी जनजाति समुदायको मौलिक चाडपर्व लोप हुन लागेको भन्दै आफ्नो पहिचान जोगाउन आफैं सचेत हुने बेला आएको बताए । तीन गाउँले थकाली सेवा समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार तेजबहादुर थकालीले तीन गाउँले थकाली समुदायको मातृभाषा लोप हुँदै जान थालेकोमा चिन्ता व्यक्त गर्दै मातृभाषा संरक्षणका लागि राज्यले विशेष लगानी गर्नुपर्ने भनाइ राखेका थिए ।

सो अवसरमा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङ, नेवाः खलः, कास्कीका अध्यक्ष अशोक पालिखे, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका महासचिव रूद्रबहादुर श्रीसमगरलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तीन गाउँले थकाली सेवा समाजका अध्यक्ष गणेशलाल थकालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शिव थकाली र सह–सचिव सूर्यराम थकालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...