धरानमा याक्थुङ चलचित्रकर्मी संघको स्थापना - Naya Online

धरानमा याक्थुङ चलचित्रकर्मी संघको स्थापना

धरान, १९ पुस । धरान बगरकोटस्थित लोक दोहोरी साँझ बगरकोटमा सम्पन्न याक्थुङ चलचित्रकर्मी संघ प्रदेश नं. १ को गठन भएको छ । नवीन मेन्याङ्बोको अध्यक्षतामा समितिको गठन भएको हो ।

जसको वरिष्ठ उपाध्यक्ष हस्त लिवाङ, उपाध्यक्ष दिलु सुब्बा, मिना सिंगक, प्रकाश सुब्बा, सचिव सागर लिम्बू सिङगल, सहसचिव हरि इङ्वाहाङ, कोषाध्यक्ष तेज मेन्याङ्बो, सह–कोषाध्यक्ष संगीता लावती छन् ।

त्यसैगरी सदस्यहरुमा रेखा फागो, छत्र आङ्बुहाङ, प्रकाश लिम्बू, यम लिम्बू, इन्द्रकुमार लिम्बू, सानुराजा थेगिम रहेका छन् ।

४ महिना अगाडि नरप्रसाद लिम्बूको संयोजकत्वमा भेला आयोजक समितिको निर्माण भएको थियो । भेला आयोजक समितिको संयोजक नरप्रसाद लुम्फुङ्वाको सभापतित्व र किरात याक्थुङ चुम्लुङ सुनसरी जिल्ला अध्यक्ष मोहन हुक्पाचोङ्बाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नेपाल चलचित्र विकास बोर्ड, आदिवासी जनजाति मातृभाषा चलचित्र प्रवद्र्धन समितिका सदस्य सागर केरुङ, याक्थुङ मुनचइत चोक सङ्जुम्भोका अध्यक्ष सुर्यप्रकास चेम्जोङ्ले पनि नवगठित याक्थुङ चलचित्रकर्मीहरुको संगठनको सफलताको शुभकामना मन्तव्य प्रकट गरेका थिए ।

प्रेम सुब्बाको संयोजकत्वमा सागर केरुङ र किशोर सम्बाहाम्फे सदस्य रहेको अध्यक्ष मण्डलले हलबाट प्राप्त इच्छुकहरुको नाउँको आधारमा नवीन मेन्याङ्बोको अध्यक्षतामा तदर्थ समितिको निर्माण भएको हो ।

तदर्थ समितिले आगामी ६ महिनाभित्र संस्थाको विधान तयार गर्ने, प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा दर्ता गर्ने र दर्ता भएको ६ महिनाभित्र विधान अनुसार पहिलो अधिवेशन गर्ने म्याण्डेट पाएको छ ।

संघले लिम्बू भाषा लगायत नेपाली र अन्य भाषामा बनेको लिम्बू याक्थुङ कलाकार लगायत निर्माता, निर्देशक, प्राविधिक आदि समेतलाई समेट्ने योजना रहेको नवनिर्वाचित अध्यक्ष मेन्याङ्बोले बताएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

महिला शक्ति विकास केन्द्रद्वारा कुम्मायकमा एकदिने कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ माघ । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज महिला नेतृत्व...

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

सेहोनाम्लाङमा कियाचु पाँचथरको ताम्भुङ्चा (वनभोज) कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको आयोजनामा...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

भेन र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २१ वर्षीय पवन लिम्बुको मृत्यु

मोरङ, २९ पुस । उर्लाबारी नगरपालिका–७ ग्राण्ड होटल नजिक भेन र मोटरसाइकल एकआपसमा ठक्कर...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...