कक्फेक्वा तङ्नामको अवसरमा तेह्रथुमको आठराईमा फुटबल प्रतियोगिता हुँदै - Naya Online

कक्फेक्वा तङ्नामको अवसरमा तेह्रथुमको आठराईमा फुटबल प्रतियोगिता हुँदै

तेह्रथुम, १९ पुस । कक्फेक्वा तङ्नाम (माघे संक्रान्ति) को अवसरमा आठराई गाउँपालिका ५ इवामा श्रीजङ् राय स्मृति फुटबल प्रतियोगिता हुने भएको छ ।

गाउँपालिको वडा नं. ३ स्थीत मौलोडाँडा खेल मैदानमा ईङ्नाम–इवाहाङ युवा समाज खेलकुद विकास समितिको आयोजनामा माघ २ गतेदेखि ७ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

पुरुष, महिला फुटबल प्रतियोगिता हुने कार्यक्रममा धाननाच, सांस्कृतिक कार्यक्रम तथा पक्लुङ (सटपुट)को समेत प्रतियोगिता हुने समाजका केन्द्रीय सदस्य किशोरचन्द्र इङ्नामले जानकारी दिएका छन् ।

पुरुष फुटबलमा प्रथम पुरस्कार ८० हजार, दोश्रो पुरस्कार ५० हजार, महिला फुटबलमा प्रथम पुरस्कार ४० हजार, दोश्रो २५ हजार, धाननाचमा प्रथम पुरस्कार १२ हजार, दोश्रो ८ हजार, सांस्कृतिक कार्यक्रममा प्रथम पुरस्कार १० हजार, दोश्रो ६ हजार, तेश्रो ४ हजार, सान्तवना २५ सय र पक्लुङ (सटपुट) मा प्रथम हुनेलाई २५ सय, दोश्रो १५ सय र तेश्रो १ हजार दिइने छ ।

पुरस्कार सौजन्य गर्नेहरूमा प्रकाश, देवी, नारायण, किरण, फणेन्द्र, ज्ञानेन्द्र इङ्नाम (ह्वाकु), डम्बर, खेमशिला इङ्नाम (बेलायत), रोशन इङ्नाम (सिंगापुर), कुमारी इङ्नाम, तीर्थ खापुङ (बेलायत), शान्तिराम इङ्नाम (मलेसिया), ख्याम थापा (ह्वाकु), हेमराज इङ्नाम (ह्वाकु), ज्ञानु इङ्नाम (इवा) रहेका छन् ।

कार्यक्रमको व्यवस्थापन श्रीजङ राय पापो समाजले गर्ने भएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

महिला शक्ति विकास केन्द्रद्वारा कुम्मायकमा एकदिने कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ माघ । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज महिला नेतृत्व...

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

सेहोनाम्लाङमा कियाचु पाँचथरको ताम्भुङ्चा (वनभोज) कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको आयोजनामा...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

भेन र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २१ वर्षीय पवन लिम्बुको मृत्यु

मोरङ, २९ पुस । उर्लाबारी नगरपालिका–७ ग्राण्ड होटल नजिक भेन र मोटरसाइकल एकआपसमा ठक्कर...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...