सिर्जनशील अपाङ्ग पुनस्थापना तथा विशेष शिक्षा विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई न्यानो कपडा वितरण - Naya Online

सिर्जनशील अपाङ्ग पुनस्थापना तथा विशेष शिक्षा विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

काठमाडौं । स्वर्णिम युग फाउन्डेशनको एन्जेलो उपहार कार्यक्रम अन्तर्गत काठमाडौको चन्द्रागिरी नगरपालिकामा रहेको सिर्जनशील अपाङ्ग पुनस्थापना तथा विशेष शिक्षा विद्यालयमा पढ्ने फरक क्षमताका विद्यार्थिहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

अष्ट्रेलियामा रहेको स्वर्णिम फाउण्डेशनका बोर्ड अफ डाईरेक्टर तथा नेपाल अध्यक्ष मनऋषि धिताल र उनका ३ वर्षीय छोरा एन्जेलोको जन्मोत्सवका अवसरमा संस्था मार्फत दुई जोर टीसर्ट, ट्राउजर तथा ट्र्याकसुट र हुडी उपहार स्वरूप प्रदान गरिएको हो ।

प्रमुख अतिथि मनऋषि धिताल, उनका सुपुत्र एन्जेलो, पोर्चुगल निवासी जानुका धमला र सिर्जनशील अपाङ्ग पुनस्थापना तथा विशेष शिक्षा विद्यालयका संस्थापक एवम् अध्यक्ष दुर्गा शर्मा थापाले उक्त उपहारहरु वितरण गरेका थिए ।

उपहार कार्यक्रमलाई अष्ट्रेलियामा रहेका रेश्मा तिमिल्सिना (एन्जेलोकी दिदी), खेम शर्मा, बिधान धिताल, दुर्गा भण्डारी खरेल, रिता आचार्य घिमिरे लगायतले संस्थामा सहयोग गरेको जनाइएको छ ।

कार्यक्रमलाई एसपी उप्रेतीले सहजिकरण गरेका थिए भने विद्यालयका प्रधानअध्यापक कृष्ण लम्सालले सभापतित्व गरेका थिए ।

विद्यालयकी अध्यक्ष दुर्गा शर्मा थापाले विद्यालय स्थापना गर्नुको उदेश्य र संचालनका क्रममा भोग्नुपरेका चुनौतीका बारेमा बोल्दै सहयोगी मनहरुलाई मन खोलेर सहयोग गरिदिन आग्रह गरेका थिए ।

मोडल, कलाकार एवम् समाजसेवी बिजेद्र नौभाग्यले विद्यालयलाई सहयोग गरेकोमा स्वर्णिम युग फाउन्डेसनलाई धन्यबाद दिएका थिए ।

चन्द्रागिरी नगरपालिका १४ नयाँ नैकापमा रहेको यस सिर्जनशिल अपाङ्ग पुनस्थापना तथा विशेष शिक्षा विद्यालयमा हाल २२ जना विद्यार्थी रहेका छन् । फरक उमेरका बालक तथा बालिकालाई अध्यापन तथा स्याहार सुसारका लागि खोलिएको यस विधालय २०७३ सालदेखि सन्चालनमा आएको हो । व्यक्तिगत पहलमा खोलिएको यस विद्यालय हाल दाताहरुको सहयोगमा निर्भर रहेको छ । विद्यालय अहिले आर्थिक समस्याबाट गुज्रिएको अध्यक्ष दुर्गा शर्मा थापाले बताए । विद्यालयलाई हाल अष्ट्रेलियामा रहेकी प्रतिज्ञा अधिकारीले बेलाबेलामा आर्थिक र भौतिक सहयोग गर्दै आएको पनि उनले बताए ।

आर्थिक समस्याबाट गुज्रिएका विद्यालय एवम् अपाङ्ग पुनस्थापना केन्द्रहरुलाई शैक्षिक उपहार दिने कार्यक्रम अन्तर्गत स्वर्णिम युग फाउण्डेसनले विभिन्न विद्यालयहरुलाई आर्थिक भौतिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

संस्थामा योगदान पु¥याउनेहरुलाई नेपाल अध्यक्ष धितालले धन्यवाद ज्ञापन गर्दै अस्ट्रेलियामा रहेर नेपाल र नेपालीका लागि विभिन्न अभियान संचालन गर्ने स्वर्णिम युगका संस्थापक खेम शर्मालाई पनि सो अवसरमा सम्झेका थिए ।

त्यस्तै, गुणस्तरिय शिक्षाको लागि अभियान स्वरुप संस्थाले हाल सिन्धुली र काठमाडौंका विद्यालयहरुमा यस्ता किसिमको अभियान चलाईरहेको फाउन्डेसनका कार्यक्रम प्रमुख एसपी उप्रेतीले बताए । संस्थाले छिट्टै नुवाकोटमा पनि यस्ता किसिमको कार्यक्रमहरु लैजान लागेको उनले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...