किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले गाउपालिका अध्यक्ष समक्ष बुझाए ज्ञापनपत्र - Naya Online

किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले गाउपालिका अध्यक्ष समक्ष बुझाए ज्ञापनपत्र

-राजकुमार लिम्बु

पाटीगाउँ, मोरङ । किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले केराबारी गाउपालिका अध्यक्ष समक्ष ज्ञापनपत्र बुझाएका छन् । केराबारी गाउँपालिकाले शिक्षा ऐनमा भएको प्रावधान अनुसार स्थानीय विषयवस्तु र स्थानीय आवश्यकताको अधारमा निर्माण गर्न लागेको स्थानीय पाठ्यक्रममा स्थानीय बहुसंख्यक मातृभाषाहरुलाई बेवास्ता गरिएकोमा ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाईएको हो ।

गाउँपालिकामामा लिम्बू भाषीहरुको बाहुल्यता रहेको तीन विद्यालयहरुमा लिम्बू भाषा (आःनि पाःन) पठनपाठन भईरहेको छ । नेपाल सरकारले स्थानीय स्तरमा मातृभाषाको पाठ्यक्रम, पाठ्यपुस्तक निर्माण गरि पठनपाठन गर्नको लागि नेपालको संविधान २०७२ को धारा ३१ को शिक्षा सम्बन्धी हकको उपधारा ५ र धारा ३२ को भाषा संस्कृती सम्बन्धी हकको उपधारा ३ को कार्यान्वयन अनुसार बन्दै गरेको स्थानीय पाठ्यक्रमसँगै लिम्बू भाषाको पाठ्यक्रम पनि समेटिनुपर्छ । साथै विभिन्न आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कारलाई ओझेलमा पारिनु हुदैन । यसको संरक्षण, सम्बर्धन, समन्वय गर्ने जिम्मेवारी स्थानीय सरकारको भएकोले त्यस सम्बन्धि ध्यानाकर्षण गराउदै ७ ओटा किरात लिम्बुजन्य संस्थाहरुले संयुक्त रूपमा केराबारी गाउँपालिका अध्यक्ष श्री रोहित बहादुर कार्की समक्ष ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्र किरात लिम्बुजन्य संस्थाका प्रतिनिधिहरुमा किरात याक्थुङ चुम्लुङ केराबारी मोरङका अध्यक्ष छत्रकुमार चेम्जोङ, आनिपान शिक्षक समाज केराबारी मोरङका अध्यक्ष राजकुमार चबेगु, किरात धर्म तथा साहित्य उत्थान संघ केराबारी मोरङका अध्यक्ष फिपराज इवाहाङ, याक्थुङ लेखक संघ केराबारी मोरङका शुक्र आङ्देम्बे, किरात साम्यो नालिफुङ्वा केराबारी, मोरङका मन्जु चबेगु, शिक्षक तथा बुद्धिजिवि, खड्ग मिभक, प्रेम लाओती, सरिता चबेगु र याक्थुङ साप्सकेन संजुम केराबरी मोरङका अध्यक्ष डिल्ली लिङ्दम लगायतले बुझाएका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले गाउपालिका अध्यक्ष समक्ष बुझाए ज्ञापनपत्र

-राजकुमार लिम्बु पाटीगाउँ, मोरङ । किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले केराबारी गाउपालिका अध्यक्ष समक्ष...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...