सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी...’ - Naya Online

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ । योगेश काजीको स्वर÷संगीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको हो ।

राजु गिरीको निर्देशन सल्लाहाकार रहेको गीतको भिडियोमा श्याम खत्री तथा भीष्म फुलाराको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफ छ । यमबहादुर चौधरीको छायाँकन रहेको भिडियोमा शोखिन तिम्लिसीनाको सम्पादन र सरिता पुरीको शृंगार छ ।

वियोगान्त कथा बोकेको उक्त भिडियोमा मनमाया महर्जन, राजन वैश्य, ऋतिका सापकोटा, सिएस साउद, रमेश सिंह लगायतको अभिनय छ ।

सार्वजनिक कार्यक्रम बरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्यता र गीता अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट कलाकार तथा गीतकार लय संग्रौला, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार योगेशकाजी साहित्यकार तथा गीतकार गणेश सुवेदी, साहित्यकार शैलेन्द्र चापागाईं, निर्देशक राजु गिरी, नायिका तथा गायिका सारिका घिमिरे लगायतले गीत राम्रो बनेको र गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको भन्दै शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममलाई निर्देशक तथा सञ्चारकर्मी माधव खरेलले सहजिकरण गरेको गरेका थिए । कार्यक्रममा मोडल लिगेश भट्टराई, एरेञ्जर तथा संगीतकार राजेन्द्र बजगाईं, गायक तथा संगीतकार सुरज पौडेल, हिमालय टाइम्स दैनिकका उपसम्पादक सन्दीप पौड्याललगायत विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो ।

गीता अधिकारीका यसअघि आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् । नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको उनले बताइन् । उनी मिलाप फाउण्डेशन मार्फत विभिन्न सामाजिक कार्यमा सक्रिय छिन् । विभिन्न सञ्चार माध्याममा काम गर्दै आएकी अधिकारी मिलाप म्यागजिन र मिलाप न्युज डटकमकी कार्यकारी सम्पादक हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हेमनाथ घिमिरेको “बन्द आँखाभित्र” सार्वजननिक

विराटनगर, ६ माघ । साहित्यकार हेमनाथ घिमिरेको शब्दमा स्वर र संगीतवद्ध भएको गीत “बन्द...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...