मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान - Naya Online

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’

मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान गरिएको छ । आदिवासी जनजाति महासंघ मकाउको संयोजकतत्वमा मकाउस्थीत आवद्ध सम्पूर्ण जनजाति मातृसंस्थाहरूद्धारा शुभकामना आदानप्रदान गरिएको हो ।

पोर्तास मकाउमा सम्पन्न उक्त कार्यक्रममा मकाउको विभिन्न क्षेत्रमा कार्यरत आदिवासी जनजाति तथा गैर–जनजातिहरूको समेत बाक्लो उपस्थिति रहेको थियो ।

शुभकामना आदानप्रदानको क्रममा मकाउवासी नेपालीहरु ।
शुभकामना आदानप्रदानको क्रममा मकाउवासी नेपालीहरु ।

कार्यक्रम आदिवासी जनजाति महासंघ मकाउको अध्यक्ष तथा किराँत राई यायोक्खाका अध्यक्ष भीम राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कियाचु मकाउका चण्डी योङ्या, मगर संघका भुवन पून, गुरूङ तमु समाजका गोरे गुरुङ, तामाङ घेदुङ संघका बिजय लामा मोक्तान, शेर्पा समाजका जालाक्पा शेर्पाका साथै हेल्पिङ ह्याण्ड र एनआरएन मकाउ लगायतका संस्थाहरुको उपस्थिति रहेको थियो ।

शुभकामना आदानप्रदानको क्रममा मकाउवासी नेपालीहरु ।
शुभकामना आदानप्रदानको क्रममा मकाउवासी नेपालीहरु ।

कार्यक्रमको संचालन कृष्ण याम्फू राईले गरेका थिए भने विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । शुभकमना मन्तव्य राख्ने क्रममा प्रतिनिधिहरुले यस कार्यक्रमले सांस्कृतिक सद्भावको ज्वलन्त उदाहरण पेश गरेको बताएका थिए । साथै आगामी दिनहरुमा सक्दो सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता समेत गरेका थिए ।

कार्यक्रममा नयाँ सदस्यता पनि बितरण गरिएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...