बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट - Naya Online

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् । यही जनवरी ८ मा दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ आसीस कौर’ कन्सर्टका लागि उनी नेपाल आउने भएकी हुन् ।

फेलिज इन्टरनेशनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो । नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगैनाच्ने चाँहना पुरा गर्न कार्यक्रम आयोजना गर्न लागेको आयोजक संस्थाका सिइयो शाहिल खानले बताए ।

‘विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश समेत कार्यक्रमले दिनेछ’ खानले भने ‘कौरको ‘राता लम्बिया’ गीत अहिले ब्यापक हिट भएको र बजारको माहोल हेरेर उनलाई ल्याउन लागेको हो ।’ नेपालमा बलिउड सेलिब्रेटीको प्रस्तुति नभएको धेरै समय भएको समेत उनले सुनाए ।
कार्यक्रममा आसीस कौरका अलवा नेपाली गायक याबेश थापाको समेत धमाकेदार प्रस्तुति रहनेछ ।

आसीस कौरको पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै हिट रहेको छ । कौरले इन्डियन आइडल, आवाज पंजाब दी लगायतका विभिन्न गायन रियालिटी शोमा भाग लिएकी थिइन्् । सन् २०२० मा खुदा हाफिज फिल्मको ‘जान बन गए’ बोलको गीतले उनलाई चर्चा दिलाएको थियो ।

पाँच वर्षको हुँदादेखि नै गायन क्षेत्रमा लागेकी कौरले ‘तमाचे’ फिल्मको ‘दिलदारा रिप्राइज’ मार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् । त्यसयता उनले बलिउडका थुप्रै फिल्मको गीतमा आफ्नो आवाज दिइसकेकी छिन् ।

केसरी फिल्मको ‘भे माही’, ड्राइभ फिल्मको ‘मखना’, सिम्बा फिल्मका दुई गीत ‘बन्देया रे बन्देया’ र ‘तेरे बिन’, लभयात्री फिल्मको ‘आख लड जावे’, ‘छोगडा’ र कपुर्स एण्ड सन्स फिल्मको ‘बोल्ना’ गीतमा उनले आफ्नो स्वरको जादु पस्किसकेकी छिन् । २०२१ को फिल्म फेयर अवार्डमा समेत उने कार्यक्रममा उनले आफ्ना हिट नम्बरबाट दर्शक नचाउने छिन् ।

कार्यक्रमका लागि कौर ७ जनवरीमा नेपाल आउनेछिन् । कन्सटको टिकट इसेवाबाट पनि प्राप्त गर्न सकिनेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...