‘आकासे खेती’ को फष्टलुक - Naya Online

‘आकासे खेती’ को फष्टलुक

काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २७ गते रिलीज मिति तोक्दै फिल्मले प्रचार प्रसारको पहिलो सामग्रीको रुपमा दुई पोस्टर बाहिर ल्याएको हो ।

गौरव पहारी, विल्सन बिक्रम राई‘तक्के बुढा’, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिम्बु, जयनन्द लामा, शिशिर वाङ्देल लगायको मुख्य भूमिका फिल्ममा छ ।

युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्वतियन शरणार्थीको विषयमा निर्माण भएको यो निर्देशक सुब्बाको १८ औं फिल्म हो । यस अगाडि सुब्बाले थुप्रै सफल फिल्म दिएका छन् ।

केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ, दीलप्रकाश यक्सो निर्माता रहेको फिल्मको कथा निर्देशक आफैले तयार पारेका हुन् । फिल्मको सम्वाद भने कलाकार विल्सन बिक्रम राई ‘तक्के बुढा’ले लेखेका हुन् ।

एसएस इन्टरनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्धन्द, रामजी लामिछाने र राजिवको नृत्य, विकाश चौधरी र बादल लिम्बुको संगीत छ ।

फिल्म जि.जि ग्रुपका करण श्रेष्ठले उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर बितरण गर्नेछ । फिल्म युवादेखि बृद्धसम्मको रुचिलाई ध्यानमा राखेर निर्माण गरिएको निर्देशक सुब्बाले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...

‘आकासे खेती’ को फष्टलुक

काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक...