एमालेनिकट मगर संघ नेपालको प्रदेश अधिवेशन पुस ९ र १० गते पोखरामा - Naya Online

एमालेनिकट मगर संघ नेपालको प्रदेश अधिवेशन पुस ९ र १० गते पोखरामा

पोखरा, ८ पुस । नेकपा (एमाले)निकट मगर संघ नेपाल, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशन यही पुस ९ र १० गते पोखरामा हुने भएको छ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको संघका गण्डकी प्रदेश संयोजक दिलबहादुर थापामगरले जानकारी दिए ।

“सम्पूर्ण प्रगतिशील, देशभक्त र जनवादी मगरहरू एक हौं, न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्न अघि बढौं” भन्ने मूल नाराका साथ हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको उद्घाटन नेकपा (एमाले)का उपमहासचिव एवं गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम रहेको संयोजक थापामगरले जानकारी दिए ।

अधिवेशनका अवसरमा नेकपा (एमाले)को १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं केन्द्रीय सदस्यलाई बधाई ज्ञापन एवं सम्मान समेत गर्ने कार्यक्रम रहेको सह–संयोजक तारामाया थापामगरले जानकारी दिए ।

सह–संयोजक थापामगरका अनुसार अधिवेशनलाई एमाले उपमहासचिव गुरुङसहित सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज पद्मा अर्याल, स्थायी कमिटी सदस्य एवं संघीय मामिला तथा स्थानीय तह विभाग प्रमुख किरण गुरुङ, स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारी, पोलिटब्यूरो सदस्य एवं आदिवासी जनजाति फाँट इञ्चार्ज गोकुल घर्तीमगर, पोलिटब्यूरो सदस्य एवं प्रदेश सह–इञ्चार्ज जगत विश्वकर्मा, पोलिटब्यूरो सदस्य लीलाबहादुर थापामगरलगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।

अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट करिब डेढ सय प्रतिनिधि सहभागी हुन जनाइएको छ । अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरिएको छ ।

नेकपा (एमाले)ले पार्टी महाधिवेशन सम्पन्न भएपश्चात् आफ्ना विभिन्न जनसंगठनको अधिवेशन गर्न निर्देशन दिए अनुसार विभिन्न जनसंगठनहरूले धमाधम अधिवेशन गर्न थालेका छन् ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

निर्वाचन आयोगविरुद्ध मिलन पाण्डे पक्ष सर्वोच्च अदालत जाने

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने...

विकृति विसंगति अन्याय अत्याचार र बिभेद प्रवृत्ति विरुद्ध लड्नु पर्छ –डा. भट्टराई

पदम सुखी सम्बाहाम्फे पान्थर, १९ पुस । पान्थर जिल्लाको कुम्मायक गाउँपालिकामा जनता समाजवादी पार्टी...

जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त भएका...

विवेकशील साझाबारेको निर्णयविरुद्ध पाण्डेको उजुरी निर्वाचन आयोगद्वारा खारेज

ललितपुर । विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न माग सहित तत्कालीन संयोजक...

एमालेनिकट मगर संघ नेपालको प्रदेश अधिवेशन पुस ९ र १० गते पोखरामा

पोखरा, ८ पुस । नेकपा (एमाले)निकट मगर संघ नेपाल, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशन...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

उधौलीको अवसरमा प्रदेश १ का प्रमुखद्वारा शुभकामना

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुरााम खापुङले अनेकतामा एकता नै देशको पहिचान...

नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् ।...