संघर्ष र सफलताको कथा 'प्रेम गीत' - Naya Online

संघर्ष र सफलताको कथा ‘प्रेम गीत’

“तिमी पुग्यौ धेरै टाढा हिंड्नेलाई बाटो रैछ
छोडी गयौ सबै आफ्ना बस्नेलाई माटो रैछ ।”

उपरोक्त गीती हरफहरु भर्खरै सार्वजनिक भएको म्युजिक भिडियो “तिमी पुग्यौ धेरै टाढा” को स्थायी लाइन हुन् । उक्त गीत साहित्यकार तथा रंगकर्मी गणेश खड्काले लेखेका हुन् ।

गणेश खड्का प्रवासमा बसेर कलम चलाउँछन् । खड्काका अनुसार प्रवासमै बस्ने अर्का संगीतकार तथा गायक नविन खनालले शब्द मन पराएपछि सहकार्य गर्ने सल्लाह अनुसार रेकर्ड गरिएको हो । रेकर्डिङ प्रक्रिया थाल्नै वर्षौं लागेको खड्का बताउछन् ।

उक्त गीतमा खनाल र नविन र रजिना रिमालको आवाज रहेको छ भने रिकेश गुरुङको संगीतसंयोजन रहेको छ ।

अन्तरजातीय प्रेम सम्बन्धको संघर्षपूर्ण कथा प्रस्तुत गरिएको उक्त भिडियोमा दृश्य सुबेदी र रुषा न्यौपानेले अभिनय गरेका छन् । त्यस्तै, हरि हुमागाईंको छायांकन, शिव पुरीको निर्देशन तथा सम्पादन रहेको छ । भिडियो बुढासुब्बा डिजिटल मार्फत नेपाली सांगीतिक बजारमा ल्याइएको हो ।

‘प्रवासी जीवन बाध्यता, आवश्यकता र परिस्थितिको दास हुँदै हो, समय अर्काको अधीनमा हुन्छ अनि जिन्दगी पनि अरुकै बन्दकी । पराधिन जीवन शैली र बन्दकी समयका छोक्राहरु निचोरेर आफूलाई थोरै भएपनि सिर्जनशील बनाउनु आत्मसन्तुष्टिको शर्तमा गतिलै कुरा रहेछ । लेखिएर छोडेको गीतप्रति अन्याय नहोस् भन्ने हेतुले गीत रेकर्ड भयो ।’, खड्काले बताए ।

त्यस्तै, संगीतकार तथा गायक नविन खनाल भन्छन्, ‘गणेश खड्काका शब्दहरु विशेष लाग्छन् । उसका शब्दमा शिल्प, काव्य, कला र मन तानिरहने एकप्रकारको अर्गानिक तत्व हुन्छ । त्यसैले छोड्न सकिन, केहि ढिलै भए पनि धित मारेर रहर पुरा गरेँ ।’

नविन खनालको ‘स्वर्गकी परी तिमी अप्सराकी रानी’ पचासको दशकमा चलेको गीत हो भने नाटक, कविता, गीत,गजल तथा समसामयिक लेख रचनामा कलम चलाउदै आएका साहित्यकार गणेश खड्काका यसअघि पनि केहि गीतहरु बजारमा आइसकेका छन् । उनको नाटक संग्रह र कविता संग्रहका पुस्तकहरु पनि प्रकाशित छन् ।

भिडियो हेर्नुहोस् ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हेमनाथ घिमिरेको “बन्द आँखाभित्र” सार्वजननिक

विराटनगर, ६ माघ । साहित्यकार हेमनाथ घिमिरेको शब्दमा स्वर र संगीतवद्ध भएको गीत “बन्द...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...