अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम - Naya Online

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको आयोजनामा अमेरिका निवासी लिम्बुहरुले न्युयोर्कमा चासोक मनाएका हुन् ।

किरात याक्थुङ् चुम्लुङ् अमेरिका अध्यक्ष सुमन थाम्सुहाङ्को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै किराया पुर्वअध्यक्ष दिपेश खाम्बेकले सबै याक्थुङ र गैर याक्थुङ्हरूमा बिशेष शुभकामना व्यक्त गरे । साथसाथै आदिवासी÷जनजाति लेखक सङ्घका वरिष्ठ उपाध्यक्ष टङ्क सेलिङले अमेरिकामा आफ्नो पहिचान जोगाउन चुनौती रहेको तर्क प्रस्तुत गर्दै, ग्वोबल भिलेजको जमानामा याक्थुङ्हरूको संस्कार, संस्कृति र भाषालाई विश्वव्यापीकरण गर्न सबै याक्थुङ् र अमेरिकी नेपालीहरू लाग्नुपर्ने बताए ।

त्यस्तै, शुभकामना आदानप्रदान गर्ने क्रममा लोक चेम्जोङ्ले आदिवासी अन्तर्गत याक्थुङ् जातीले नेपालमा हुने राजनीतिक परिवर्तन र आन्दोलनमा सहभागी हुने र सहयोग गर्नुपर्ने कुरा राख्दै, सबैमा चासोक तङ्नामको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिकाका अध्यक्ष केशवराम राईले पनि शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै, कार्यक्रममा कवि बिबश बेनामले लिम्बु भाषामा स्वागत मन्तव्य र गजल प्रस्तुत गर्दा कार्यक्रममा रौनक छाएको थियो ।

फिप्ना अमेरिकाका अध्यक्ष लोक चेम्जोङको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा चुम्लुङ् पूर्वमहासचिव लिला सिङ्गक, आदिवासी÷जनजाति लेखक महासङ्घ बरिस्ठ उपाध्यक्ष टङ्क सेलिङ्, पूर्व चुम्लुङ् अध्यक्ष विरेन्द्रहाङ् लावुङ्, पूर्व चुम्लुङ अध्यक्ष दिपेश खाम्बेक र युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिका अध्यक्ष केशवराम राई लगायत विशेष अतिथि रहेका थिए ।

अन्त्यमा, अमेरिकामा रहने नेपाली, आदिवासी/जनजाति र याक्थुङ् जातिको लागि चुम्लुङ्ले सृजनशिल कार्यक्रम ल्याउने प्रतिबद्वता व्यक्त गर्दै, चुम्लुङ्,अमेरिका अध्यक्ष सुमन थाम्सुहाङ्ले कार्यक्रम समापन गरेका थिए भने, कार्यक्रम अमेरिका चुम्लुङ्का महासचिव सुर्य लिङ्देनले संचालन गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

चुम्लुङ मलेसियामा पुनः दिल केरुङ लिम्बू

मलेसिया, १५ नोभेम्बर । किरात याक्थुङ चुम्लुङ मलेसियाको सातौं अधिवेशन सम्पन्न भएको छ ।...

हिलिङ्टोन गोर्खा नेपाली कम्युनिटीको दशैं विशेष कार्यक्रम सम्पन्न

प्रिन्स याक्खा प्यासी लण्डन । हिलिङडोन गोर्खा नेपाली कम्युनिटीले दशैं विशेष कार्यक्रम भव्य रुपमा...

जसपा प्रवास विशेष प्रदेश समिति पूनर्गठन

काठमाडौं, २० भदौ । जनता समाजवादी पार्टी, नेपाल प्रवास विशेष प्रदेश समिति विश्वास दीप...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

अब भेला मात्रै होईन मेला पनि’ भन्ने स्लोगनका साथ सिसेक्पा तङनाम २०२२ मेला सम्पन्न

प्रिन्स याक्खा लण्डन । १६ जुलाई २०२२ का दिन याल्डिङ मेडिस्टोन केन्टस्थित आफ्नै जग्गा...

सगरमाथा साहित्य प्रतिष्ठानमा अजित उत्सव

युएई, ११ जुलाई । सगरमाथा साहित्य प्रतिष्ठानको सम्पन्न केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई...

हिलिङ्टन गोर्खा नेपाली कम्युनिटीले मनायो समर बिबिक्यु

प्रीन्स याक्खा लण्डन, ४ जुलाई । हिलिङ्टन गोर्खा नेपाली कम्युनिटी युकेले हिलिङ्टनस्थीत कम्युनिटी हलमा...

ट्याप ट्याप सेन्ड्को प्रमुख प्रायोजनमा पोर्तुगलमा पहिलोपटक मैत्रीपुर्ण पुरुष भलिबल खेल सम्पन्न

पोर्तुगल, १५ अप्रिल । चैत दशैको पावन अवसरमा नेपाली समाज सान्तोतोनियाले गत अप्रील ९...