सुष्मा रानाहँमाको “उधौली मै आउँछु भन्थ्यौ” - Naya Online

सुष्मा रानाहँमाको “उधौली मै आउँछु भन्थ्यौ”

प्रकाश दिप्साली राई

नडाहा, ९ मंसिर । कवि तथा गीतकार सुष्मा रानाहँमाले उधौली चाडको कोसेली स्वरुप “उधौली मै आउँछु भन्थ्यौ …” गीत श्रोतामाझ ल्याएकी छिन् ।

हिजो किरात राईहरुको महान चाड उधौलीको पुर्व सन्ध्यामा आफ्नै अफिसियल युट्युब च्यानल सुष्मा रानाहँमा मार्फत सो गीतको सार्वजनिक गरेकी हुन् ।

साकेला लयमा रहेको गीतमा यो समयका प्रख्यात गायक राजेश पायल राई र मिना राईले स्वर भरेका छन् । सङ्गीत भने अर्का लोकप्रिय सङ्गीतकार शान्तिराम राईले गरेका छन् । सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई मिक्सिङ मुस्कान मुकारुङ्ले गरेका छन् भने एरेन्ज पदम आले मगरले गरेका छन् ।

किरात राईहरुको मौलिक परम्परा र सस्कृतिलाई आत्मसात गर्दै साकेलाको लयमा मायप्रेमलाई समेट्दै तयार गरिएको सो गीतका गीतकार सुष्मा रानाहँमा कविता लेखनमा निरन्तर साधना गरिरहेकि छिन् ।

उनको “आमाको तास फोटो” कविता सङ्ग्रह प्रकाशित भैसकेको छ । जुन सङ्ग्रह नेपाली कवितामा बहुत रुचाइएको कृति हो ।

वैदेशिक रोजगारको सिलसिलामा हाल दक्षिण कोरियामा रहेकी रानाहँमाले यो गीत यहाँसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आफ्नो गीत सुनेर रचनात्मक सुझाव दिन आम सङ्गीत पारखी श्रोताहरुलाई अनुरोध गरेकी छिन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हेमनाथ घिमिरेको “बन्द आँखाभित्र” सार्वजननिक

विराटनगर, ६ माघ । साहित्यकार हेमनाथ घिमिरेको शब्दमा स्वर र संगीतवद्ध भएको गीत “बन्द...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...