उधौलीको अवसरमा प्रदेश १ का प्रमुखद्वारा शुभकामना - Naya Online

उधौलीको अवसरमा प्रदेश १ का प्रमुखद्वारा शुभकामना

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुरााम खापुङले अनेकतामा एकता नै देशको पहिचान रहेको बताएका छन् । आदिवासीहरुको पर्व उधौली पर्व, साकेला, साकेवा, फोलष्याँदर, चासोक तङ्नाम, योमरी पुन्ही, ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा शुभकामना दिँदै नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र विविधताले भरिपूर्ण देश भएको बताएका हुन् ।

आइतबार शुभकामना पत्र सार्वजनिक गर्दै खापुङले मानिसले सामाजिक विकासमा लम्कँदा बनेका विविध संस्कार र संस्कृतिलाई देशले पनि आत्मसात गरेको र यी सबै चाडहरूलाई मनाएर सामुहिकतामा एकता खोजेको बताए ।

उनले कोभिड –१९ बाट सावधानी अपनाउदै चाड मनाउनुपर्ने पनी उल्लेख गरेका छन् ।

शुभकामनाको पत्रको पूर्ण पाठ

शुभकामना

नेपालको प्रमुख चाडमध्ये उधौली पर्व, साकेला, साकेवा, फोलष्याँदर, चासोक तङ्नाम, योमरी पुन्ही, ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा सम्पुर्ण नपाली दाजुभाई तथा दिदीबहिनीहरूमा हर्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र विविधताले भरिपूर्ण देश हो । अनेकतामा एकता नै देशको पहिचान हो । प्रकृतिसँग सम्बन्धित नेपालमा यामसँगै शुरु हुने चाडहरूले देशलाई रङ्गिन बनाएको छ । उधौली अर्थात लेकदेखि वेशीतर्फ सर्ने, चिसोबाट बच्ने गरेको उपायलाई पछि चाडपर्वमा विकास गरेको पाइन्छ । त्यसैगरी आफूले फलाएको अन्न, फलफूललाई पहिले प्रकृतिलाई चढाएर मात्र मानिसले खाने प्रथा पनि प्रकृतिसँग सम्बन्धित छ । मानिसले सामाजिक विकासमा लम्कँदा बनेका विविध संस्कार र संस्कृतिलाई देशले पनि आत्मसात गरेको छ । यी सबै चाडहरूलाई मनाएर सामुहिकतामा एकता खोजेको छ ।
वर्तमान परिप्रेक्ष्यमा कोरोना भाइरस (कोभिड –१९) ले विश्वलाई अक्रान्त पारिरहेको छ । नेपाल पनि यसमा अछुतो छैन । त्यसैले उधौली पर्व सामुहिक रूपमा मनाउनुपर्ने हुँदा यसतर्फ सावधानी अपनाएर चाडपर्वसँग रमाउनुहुनेछ भन्ने आशा पनि व्यक्त गर्दछु ।
अन्त्यमा पुनः उधौली पर्व, चासोक तङ्नाम, साकेला, साकेवा, फोलष्याँदर, योमरी पुन्ही, ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा समस्त नेपालीहरूमा सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

२०७८।०९।०४
परशुराम खापुङ
प्रदेश प्रमुख, प्रदेश नं. १
विराटनगर

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उधौलीको अवसरमा प्रदेश १ का प्रमुखद्वारा शुभकामना

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुरााम खापुङले अनेकतामा एकता नै देशको पहिचान...