फेदेन –
लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश प्रदर्शन भएको छ । लिम्बू बिद्यार्थी मञ्च पान्थर र याक्थुङ युवा मञ्च पान्थरको संयुक्त आयोजनामा प्रदर्शन भएको हो । सो कार्यक्रमको अवसरमा निर्माता मोनिकुमार सुब्बा ताम्लिङ र कथाकार देवमान लिम्बू ‘होन्दोक’ लाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
ओपेरा डिजिटल प्रालिको व्यानरमा निर्मित ‘थेत्लङ’का कथा देवमान लिम्बू, पटकथा/संवाद सागर केरुङको रहेको छ भने किशोर सुब्बाले निर्देशन गरेका हुन् । चलचित्रमा सागर केरुङ, बिशाल सेनेहाङ, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिङ, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबाङ, सुखविर लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।