प्रदेश प्रमुख खापुङद्वारा ब्रम्हाकुमारी राजयोग केन्द्रको निर्माणाधिन भवनको अवलोकन - Naya Online

प्रदेश प्रमुख खापुङद्वारा ब्रम्हाकुमारी राजयोग केन्द्रको निर्माणाधिन भवनको अवलोकन

विराटनगर, १ पुस । प्रदेश नं १ प्रदेश प्रमुख माननीय परशुराम खापुङले ब्रम्हकुमारी राजयोग केन्द्रको वचन श्रवण तथा गढि गाउँपालिका सुनसरीमा निर्माणाधिन भवनको अवलोकन गरेका छन् ।

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र प्रदेश नं १ की मुख्य संञ्चालिका ब्रम्हाकुमारी गीता दिदीज्युको निमन्त्रणामा प्रदेश प्रमुख माननीय परशुराम खापुङ विराटनगर १०, ब्रम्हाकुमारी पथस्थीत केन्द्रको भवन पुगेका हुन् । सेवा केन्द्रकी गीता दिदीज्यूले स्वागत गर्दै प्रदेश प्रमुखको आगमनले भवनमा उज्यालो छाएको बताएकी थिइन् ।

प्रदेश प्रमुख माननीय परशुराम खापुङले आफू भवनमा छिर्दा अत्यन्तै फरक अनुभूति पाएको बताएका । शान्त र सुमधुर धुनले प्रफुल्लित तुल्याएको बताउँदै हप्तादिन अगाडि तेह्रथुममा सेवा केन्द्रको भवनको शिलान्यास गर्न पाएको अनुभव पनि बाँडेका थिए ।

प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव अमृतबहादुर खापुङले पनि प्रार्थना र शिक्षाले मानिसलाई तुरुन्त परिवर्तन गराउन सक्ने क्षमता पाएको बताए ।

राजयोगको प्रार्थनापश्चात प्रदेश प्रमुखले सुनसरीको गढी गाउँपालिका वडा नं. १ मधेलीस्थीत निर्माणाधिन भवनको अवलोकन गरेका थिए । २ विगाहाभन्दा बढि क्षेत्रफलमा रहेको निर्माणधिन भवनस्थलमा राजयोग केन्द्रले शिवशक्तिका विभिन्न स्वरुपहरु निर्माण गरिरहेका छ । ३० फुट अग्लो शिवलिङ्ग, त्यसको वरिपरि राखिएका शिवका महिमा, पिरामिडशैलीको मन्दिर बनिसकेको छ भने बहुउद्देश्यीय भवन निर्माणधिन अवस्थामा रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...