प्रज्ञा–प्रतिष्ठानद्वारा ‘नेपाली लोकविश्वास’ प्रकाशित - Naya Online

प्रज्ञा–प्रतिष्ठानद्वारा ‘नेपाली लोकविश्वास’ प्रकाशित

घाँटी छुँदा फुफु गरेर हात फुक्नुको कारण के होला ?
बिट फुटेको थाल वा कचौरामा किन खानु हुँदैन ?
बिरालोले बाटो काट्दा किन अशुभ मानिन्छ ?
शनिवार छुट्टिनु र मङ्गलवार मिसिनु किन हुँदैन ?
पानी नपर्दा किन भ्यागुताको बिहे गराइएको होला ?

नेपाल प्रज्ञा–प्रतिष्ठानले यी र यस्तै अनेकौँ प्रश्नहरूका उत्तर लोकजीवनबाट खोजेर ‘नेपाली लोकविश्वास’ नामक कृति प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञा–प्रतिष्ठानले यस कृतिमा नेपाली लोकजीवनमा युगौँयुगदेखि रहँदै आएका विश्वासहरूलाई एकै ठाउँमा समेटेर प्रकाशन गरेको हो । प्रस्तुत कृति नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान परियोजनाअन्तर्गत डा. षडानन्द पौड्यालले तयार गर्नुभएको हो ।

एघार अध्यायमा विभाजित प्रस्तुत कृतिको पहिलो अध्यायमा लोकविश्वासको सैद्धान्तिक स्वरूप प्रस्तुत गरिएको छ भने दोस्रो अध्यायदेखि नवौँ अध्यायसम्म मानव शरीरसँग, खानासँग, मानवेतर शरीरसँग, यात्रासँग, व्यवहारसँग, शास्त्रीय विधानसँग, संस्कृतिसँग र सपनासँग सम्बन्धित आठ सयभन्दा बढी लोकविश्वासहरूलाई कतै सूचनात्मक र कतै विश्लेषणात्मक ढाँचामा प्रस्तुत गरिएको छ । यस कृतिको दसौँ अध्याय प्राज्ञिक महत्त्वका दृष्टिले उल्लेखनीय छ । यसमा नेपाली साहित्यमा लोकविश्वासको प्रयोग के कसरी गरिएको छ भन्ने कुरालाई अनुसन्धानमूलक ढाँचामा प्रस्तुत गरिएको छ । यहाँ नेपाली कथामा, कविता–काव्यमा, उपन्यासमा, नाटकमा, निबन्धमा र लोकगीतमा नेपाली लोकविश्वासको प्रयोग कसरी गरिएको छ भन्ने कुराका बारेमा गहिरो खोजी गरिएको छ । एघारौँ अध्याय यस कृतिको निष्कर्ष हो । त्यसपछि यहाँ चर्चा गरिएका सबै लोकविश्वासहरूको सूची दिइएको छ ।

सुन्दा सामान्य लाग्ने तर वर्षौंदेखि नेपाली लोकजीवनको प्रतिबिम्ब बनेर बसेका लोकसामग्रीहरूलाई कृतिका रूपमा प्रकाशन गर्नु प्रज्ञा–प्रतिष्ठानको प्रशंसनीय कार्य हो । यो कृति त्रिविलगायत विभिन्न विश्वविद्यालयमा नेपाली लोकसाहित्य र लोकजीवनको अध्ययन, अध्यापन र अनुसन्धान गर्नेहरूका लागि मात्र नभएर सर्वसाधारण पाठकका लागि पनि अत्यन्त उपयोगी रहेको विभागीय प्रमुख प्राज्ञ डा. देवी नेपालले बताउनुभएको छ । उहाँका अनुसार लुकेर बसेका हाम्रा लोकसम्पदाहरूलाई बाहिर ल्याएर कृतिको रूप दिने प्रयास स्वरूप यो कृति तयार भएको हो । यसमा नेपाली लोकजीवनसँग जोडिएका साहित्य, संस्कृति, धर्म, समाजशास्त्र, अर्थशास्त्र आदि सबै कुराको अध्ययन गर्न मिल्ने सामग्रीहरू एकै ठाउँमा भएकाले यो कृति सबैका लागि बौद्धिक तथा मनोरञ्जनात्मक खुराक बन्ने छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान तथा प्रकाशन परियोजनाअन्तर्गत यसभन्दा अगाडि नै ‘लोकसाहित्य सिद्धान्त’, ‘प्रज्ञा नेपाली लोककथा’ ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’, ‘नेपाली लोकरामायणका विविध रूप’ जस्ता ऐतिहासिक महत्त्वका कृतिहरू प्रकाशन भइसकेका छन् भने लोकवार्ताअन्तर्गत पर्ने सम्पूर्ण पद वा पदावलीहरूको जानकारी एकै ठाउँमा समेटिएको ‘लोकवार्ताकोश’ प्रकाशनका लागि अन्तिम सम्पादन कार्य भइरहेको र ‘पूर्वेली मौलिक लोकभाकाहरू’ अब तत्कालै प्रकाशन हुने जानकारी प्राज्ञ नेपालले दिनुभयो ।

कुनै सकारात्मक विश्वास र कुनै अन्धविश्वासका रूपमा रहेका लोकविश्वासहरूलाई एकै ठाउँमा समेटिएको ५२० पृष्ठ र ५६० मूल्य रहेको प्रस्तुत कृति नेपाल प्रज्ञा–प्रतिष्ठानको विक्रीकक्षमा र अधिकृत विक्रेतामार्फत देशभरका पुस्तक पसलहरूमा प्राप्त गर्न सकिने प्रज्ञा–प्रतिष्ठानले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...