पाँच घर परिवारले पाए आर्थिक सहयोग - Naya Online

पाँच घर परिवारले पाए आर्थिक सहयोग

पाँचथर, २८ मंसिर । कुम्मायक गाउपालिका स्थित वडा नम्बर २ का पहिरोपीडित पाँच घर परिवारले आर्थिक राहत पाएका छन् । गत कार्तिक २ गते परेको पानीले पहिरो गई ठुलो धनजनको क्षति बेहोरेका पीडित परिवारलाई कुम्मायक गाउपालिका सरोकार मञ्च दक्षिण कोरियाद्वारा १ लाख ६६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

३६ घन्टासम्म अविरल पानी परेको सो समयमा पहिरोले पुरिएर ३३ बर्षिय डम्बरी शेर्माको ज्यानसमेत गएको थियो भने अन्य घरपरिवारको पनि घर भत्किएको थियो । यगम्बा, फाक्चुवा, भञ्ज्याङ् र लाक्थुक्पा टोलका क, ख र ग वर्गका पहिरो पीडित छविलाल शेर्मालाई ५० हजार बिष्णुमाया फोम्बोलाई ३० हजार यसैगरी नवीन आङ्देम्बेलाइ ३० हजार भुवनसीं आङ्देम्बेलाई २८ हजार र राजकुमार शेर्मालाई २८ हजार सरोकार मञ्चले नगद सहयोग गरेको छ । दिनरात नभनी प्रवासमा काम गरेर यसरी आर्थिक सहयोग गरेकोमा सरोकार मञ्च दक्षिण कोरियाप्रति पीडित परिवारले खुशी व्यक्त गरेका छन् ।

शनिबार एक कार्यक्रमको आयोजना गरि आर्थिक राहत वितरण गरिएको सो समारोहमा किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य गणेश चेम्जोङ वडा नम्बर २ का वडा सदस्य चुरुङपाल शेर्मा, कमलसिं शेर्मा पत्रकार पदम सुखी सम्बाहाम्फेलगायत नागरिक समाज र बुद्धिजीवीको उपस्थितिले सरोकार मञ्चको उदाहरणीय कदमप्रति प्रसंसा गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...