७१औँ मुक्ति दिवसका अवसरमा गणतन्त्रको स्थापनामा रामप्रसाद राईको भूमिकाबारे चर्चा - Naya Online

७१औँ मुक्ति दिवसका अवसरमा गणतन्त्रको स्थापनामा रामप्रसाद राईको भूमिकाबारे चर्चा

काठमाडौं, २८ मंसिर । २००७ साल मंसिर २४ गते जननायक प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको नेतृत्वमा जनमुक्ति सेनाले बिना हातहतियार भोजपुरको मालअड्डा कब्जामा लिई जहानियाँ राणा शासनबाट भोजपुरलाई मुक्त गरी जनसरकार घोषणा गरेको थियो । सोही दिनको सम्झनामा मुक्ति दिवस मनाउने गरिन्छ । शुक्रबार ७१औँ मुक्ति दिवसका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानद्वारा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनामा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको भूमिका’ विषयक विचार–गोष्ठीको आयोजना गरियो ।

कार्यक्रममा बोल्दै प्रदेश नम्बर एकका पूर्व मुख्यमन्त्री शेरधन राईले क्रान्ति–नायक रामप्रसाद राईलाई राज्यले न्याय गर्न नसकेको बताए । उनले रामप्रसाद राई कुनै एक भूगोल अथवा वर्गको मात्र चासोको विषय नभएकाले सबै पार्टी र बौद्धिक वर्ग मिलेर राज्यले सुन्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने– “जबसम्म उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्न सकिँदैन तबसम्म उहाँको योगदानको कदर हुन सक्दैन ।”

किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष दिवस राईले रामप्रसाद राई मूल क्रान्तिका मोडल भएकाले व्रmान्ति नायकको रूपमा स्थापित गर्नुपर्ने बताए । कार्यक्रममा रामप्रसाद राईको योगदानमाथि गोष्ठीपत्र प्रस्तुत गर्दै संस्थाका पूर्व सल्लाहकार जय छाङ्छा राईले रामप्रसाद राईको योगदानको अवमूल्यन हुनु भनेको समग्र व्रmान्तिकै अवमूल्यन हुनुजस्तै हुने बताए ।

राईको गोष्ठीपत्रमाथि पूरक समीक्षा गर्दै संस्थाका सल्लाहकार एवम् इतिहासकार प्रा.डा. गोविन्दमानसिंह कार्कीले सङ्घीयता र गणतन्त्रको बिउ रोप्ने नै रामप्रसाद राई भएकाले हालको उपलब्धिको सूत्रधारको योगदानलाई अवमूल्यन गरेर राज्यले उहाँमाथि घोर अन्याय गरेको बताए ।

कार्यक्रममा साहित्यकार भूपाल राईले रामप्रसाद राईको जीवनी र योगदानसम्बन्धी विषयवस्तुलाई विद्यालय र विश्वविद्यालयका पाठ्यपुस्तकमा समेत उल्लेख गर्नुपर्ने बताए ।

संस्थाका महासचिव देवान राईले सञ्चालन गरेको कार्यक्रममा सदस्य इन्दिरा भट्टराई ओझाले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष एवम् संविधानसभा सदस्य तारादेवी राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त अवसरमा संस्थाका सल्लाहकारहरूका साथै विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...