किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो - Naya Online

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा

लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम कम्युनिटी हलमा उधौली पूजा र चासोक तङ्नाम मनाएको छ ।

स्वस्थ सुरक्षाको मापदण्डलाई ख्याल राखेर फेदाङ्माद्वारा विधिपुर्वक प्रकृतिको उधौली पूजा गर्दै चासोक तङनाम अर्थात उधौली पर्व १२ डिसेम्बरमा धुमधामले मनाएको हो ।

संस्थाका अध्यक्ष चन्द्रबहादुर लिङ्देन र अग्रज सदस्य अम्बरबहादुर वनेमले सामुहिक रुपमा पानसमा वत्ति वालेर कार्यक्रमको समुद्घाटन गरेका थिए । उपाध्यक्ष विजय पाहिमले स्वागत मन्तव्य, सल्लाहकार तथा गोर्खा सोलिसिटर लिमिटेडका डाइरेक्टर उत्तरमान लिगेला, सल्लाहकार तथा संघीय लिम्बुवान समाजवादी मञ्च युकेका महासचिव राम कुमार इजम, सल्लाहकार तथा संस्थाका भुतपूर्व अध्यक्ष तथा सल्लाहकार पूर्ण कुमार फालेछुवा, सल्लाहकार तथा हिलिङडन नेपाली कमिटीका अध्यक्ष छत्रसिंह तेयुङ्ग, सल्लाहकार टेकराज योङहाङ र सल्लाहकार विना इङनाम लगायतले चासोक तङनामको सुभकामना मन्तव्य दिएका थिए ।

निवर्तमान अध्यक्ष पूर्ण वोखिमले चासोक तङनाम र यसको महत्वमाथि प्रकाश पारेका थिए । त्यस्तै उपाध्यक्ष मनिला लावुङले लिम्बू खानाको परिकार र विवरणको बारेमा जानकारी दिएकी थिइन् ।

संस्थाका अध्यक्ष चन्द्रबहादुर लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा साँस्कृतिक विभाग प्रमुख कला चेम्जोङले कार्यक्रमको सन्चालन गरेकी थिईन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली समाज युकेमा बसुन्धरा याक्खाको दाबी

नेपाली समाज युकेको अध्यक्षमा श्रीमती बसुन्धरा याक्खा राईले उम्मेद्वारी दिएकी छिन् । अधिवेशन १३...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...