काठमाडौं । लिम्बु भाषाको गीत ‘पिन्देरो पिन्देरो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोलाई हाङ् चेम्जोङ्ले निर्देशन गरेका हुन् ।
ब्रबिम सेर्मा र गंगा फियाकको सुमधुर आवाज रहेको सो गीतको शब्द तथा संगीत डिल्ली विक्रम सेर्माको रहेको छ भने संगीत संयोजन टेकेन्द्र यक्सोको रहेको छ ।
भिडियोमा पूर्ण लिम्बु र सुजता फियाकको अभिनय देख्न सकिन्छ । त्यस्तै, छायाँकन तथा सम्पादन इशाक जबेगुले गरेका छन् भने एसिस्टेन छायाँकारमा धिरेन तुम्बापो रहेका छन् । र, श्रङ्गार सपना फियाकको रहेको छ ।
सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको ‘पिन्देरो पिन्देरो’ को म्युजिक भिडियो गंगा फियाकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।