गुह्येश्वरीका छात्रछात्रालाई न्यानो कपडा र स्टेसनरी वितरण - Naya Online

गुह्येश्वरीका छात्रछात्रालाई न्यानो कपडा र स्टेसनरी वितरण

पदमसुखी सम्बाहाम्फे

पाँचथर, १७ मंसिर । यासोक जनसेवा समाज पाँचथरले विद्यालयका छात्राछात्रहरुलाई न्यानो कपडा र स्टेसनरी वितरण गरेको छ । कुम्मायक गाउापालिका—५ को गुह्येश्वरी निम्न माध्यमिक विद्यालयका ५६ जना छात्राछात्रलाई शनिवार न्यानो कपडा र स्टेसनरी वितरण गरेको हो ।

मनकारी दाताहरुको सहयोगमा कक्षा १—८ का ५६ छात्राछत्रहरुलाई उक्त समाग्रीहरु बितरण गरिएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिएका छन् । समाजको समन्वयमा सिभिल बैंक फिदिम शाखा प्रमुख राजु पौड्यालको १० हजार, जिल्ला अस्पतालका हेल्थ असिस्टेन सोमनाथ दङ्गाल १० हजार, फिदिम १ घर भइ हाल मलेसियामा कार्यरत कुमार ओझा ५ हजार र सापकोटा पुस्तक पसलका सञ्चालक नुम सापकोटाको ५ हजार गरी ३० हजार मुल्यको शैक्षिक सामाग्री वितरण गरिएको समाजकी कोषाध्यक्ष देविमाया रिमाल (बुढाथोकी)ले जानकारी दिइन् । चिसो मौसम बढेसँगै बालबालिकाहरुलाई दाताको सहयोगमा समाजले स्कुल स्वीटर, तथा स्टेसनरी सामाग्री वितरण गरेको हो ।

शैक्षिक सामाग्री बितरण कार्यक्रमको प्रमुख अथिति गाउँपालिका अध्यक्ष जय बहादुर चेम्जोङ विशेष अतिथि प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारी विद्यालयका प्रधानअध्यावक भक्तबहादुर तामाङ लगायतका अतिथिहरुले सामुदायिक विद्यालयका जेहेन्दार र विपन्न बालबालिकाको शैक्षिक गुणस्तर सुधारमा समाजले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...