झापा १ (ख) मा सुज अभियान - Naya Online

झापा १ (ख) मा सुज अभियान

झापा, १७ मंसिर । जनता समाजवादीद्वारा संगठन सुदृढताको लागि चलाइएको अभियान सुजले बिहिबार झापा जिल्ला क्षेत्र नम्बर १ (ख) मा वडा कमिटि गठन गरेको छ ।

भद्रपुर नगरपालिका वडा नं. १० मा सुज अभियान संयोजक अग्निमाया मेचेको सभापतित्वमा वडा कमिटी समायोजन तथा गठन सम्पन्न भएको हो ।

पार्टीका केन्द्रीय सदस्य पृथ्वीनारायण कार्कीको उपस्थितिमा सम्पन्न गठन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर माननीय सभासद राधा थापा क्षेत्री, प्रहरी संगठन केन्द्रिय सचिव समर कुमार राई, प्रदेश सदस्य सर्मिला आङ्देम्बे, मेचिनगर अध्यक्ष ओमप्रकाश खापुङ, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष दुर्गा नेम्बाङ्ग, जिल्ला सदस्य नरदिप योङ्हाङ्गको पनि उपस्थिति रहेको थियो ।

त्यसैगरी भद्रपुर नगरपालिकाका पदाधिकारीहरु, वडा कमिटीका पदाधिकारीहरुको उपस्थितिमा विभिन्न पार्टी परित्याग गरि दुइ दर्जनजति जनसमुदायहरु जसपा पार्टीमा प्रवेश गरेका थिए ।

राजेन्द्र सुनुवारबाट कार्यक्रम सञ्चालन भएको कार्यक्रममा उपस्थित नेता कार्यकर्ताहरुलाई राजनीति प्रशिक्षण तथा आगामी चुनावी अभियानको बारेमा तयारीबारे जानकारी गराइएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

निर्वाचन आयोगविरुद्ध मिलन पाण्डे पक्ष सर्वोच्च अदालत जाने

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने...

विकृति विसंगति अन्याय अत्याचार र बिभेद प्रवृत्ति विरुद्ध लड्नु पर्छ –डा. भट्टराई

पदम सुखी सम्बाहाम्फे पान्थर, १९ पुस । पान्थर जिल्लाको कुम्मायक गाउँपालिकामा जनता समाजवादी पार्टी...

जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त भएका...

विवेकशील साझाबारेको निर्णयविरुद्ध पाण्डेको उजुरी निर्वाचन आयोगद्वारा खारेज

ललितपुर । विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न माग सहित तत्कालीन संयोजक...

एमालेनिकट मगर संघ नेपालको प्रदेश अधिवेशन पुस ९ र १० गते पोखरामा

पोखरा, ८ पुस । नेकपा (एमाले)निकट मगर संघ नेपाल, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशन...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

उधौलीको अवसरमा प्रदेश १ का प्रमुखद्वारा शुभकामना

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुरााम खापुङले अनेकतामा एकता नै देशको पहिचान...

नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् ।...