सप्तकोसी बहुमुखी क्याम्पसले मनायो आफ्नो ११औँ स्थापना दिवस - Naya Online

सप्तकोसी बहुमुखी क्याम्पसले मनायो आफ्नो ११औँ स्थापना दिवस

-प्रकाश दिप्साली राई

नडाहा, १७ मंसिर । सुनसरीको बराहक्षेत्र–७ अवस्थित उच्च शिक्षाको केन्द्रबिन्दु सप्तकोसी बहुमुखी क्याम्पसले आफ्नो ११औँ वार्षिक उत्सव एवम् साँस्कृतिक कार्यक्रम भव्यरुपले मनाएको छ ।

हिजो मंसिर १६ गते क्याम्पसले विभिन्न कार्यक्रमको साथमा ११औँ वार्षिक उत्सव मनाएको हो । पानसमा बत्ती बालेर औपचारिक रुपमा सुरु गरिएको सो कार्यक्रममा उक्त क्याम्पसलाई अक्षयकोष खडा गर्ने शिक्षासेवीहरु कमलादेवी पौडेल र बिजय लोहोनी रिजाललाई कदर पत्र समेत प्रदान गरिएको थियो ।

यस्तै सो कार्यक्रममा चक्रघट्टी जेसिसद्वारा आयोजित नृत्य प्रतियोगिताका विजेता बराह राइजिङ स्कुल, बराहक्षेत्र–२, चतराले आफ्नो साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले सप्तकोसी बहुमुखी क्याम्पस बराहक्षेत्र नगरपालिकाकै सानको रुपमा रहेको बताए । साथै क्याम्पसलाई अहिलेसम्मकै नमुना कलेज बनाउने लक्ष्य रहेको र यो क्याम्पसलाई सबैतिरको केन्द्रबिन्दु बनाउन प्राविधिक शिक्षाहरु थप्दै लगिने पनि बताए ।

कार्यक्रममा बोल्दै सो क्याम्पसका क्याम्पस प्रमुख खगेन्द्र बहादुर निरौलाले सप्तकोसी बहुमुखी क्याम्पसलाई सबैको के कसरी हुन्छ ? सबैको शिक्षाको आकर्षक र केन्द्रबिन्दु बनाउने बताए । साथै उनले यस नगरपालिकामा रहेका सबै जेहेन्दार विद्यार्थीहरु तथा प्रतिभाहरुलाई खोजी–खोजी नगरपालिकाले प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु ल्याउनुपर्ने बताए ।

कार्यक्रममा दोश्रो वर्षका विद्यार्थीहरुले सो क्याम्पसको स्केच(चित्र) क्याम्पसलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य क्याम्पसका सहायक प्रमुख सुशील कोइरालाले राखेका थिए । कार्यक्रमको सन्चालन सुदिप र सन्ध्याले गरेका थिए भने सभाध्यक्ष क्याम्पस सन्चालन समितिका उपाध्यक्ष खगेन्द्र दाहाल रहेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...