एजेन्सी, १७ मंसिर । म्यानमार सेनाले करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण गर्दा हजारौं मानिस गाउँ छोड्न बाध्य भएका छन् । सेनाले सागेइन र डिपाइन क्षेत्रका गाउँमा हेलिकोप्टरमार्फत् निरन्तर हवाइ फायर गरिरहेको स्थानीय मिडियाले उल्लेख गरेको छ ।
हवाइ फायरिङका कारण त्यहाँका मानिसहरु आफ्नो घर र गाउँ छोड्न बाध्य भएका छन् । गाउँ छोडेका मानिस नजिकैको जंगलमा गएर बसिरहेको समेत स्थानिय मिडियामा उल्लेख छ ।
हालः सेनाले हवाइ आक्रमण गरिरहेको सो गाउँमा सन् २००३ मा सेनाले म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीका ७० समर्थकहरुको हत्या गरेको थियो ।
सेनाले फेब्रुअरी १ मा शैन्य कू लागू गरेपछि म्यानमारमा लोकतन्त्र समर्थकहरुले सेनाविरुद्ध विभिन्न प्रदर्शन गरिरहेका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।