संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान - Naya Online

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा सम्मान गरेको छ ।

गत हप्ता लिम्बु समुदायले आफ्नो पर्वको रुपमा मनाउदै आई रहेको “वलिहाङ तङनाम–५०८१” कार्यक्रमा सम्मान गरिएको हो । २००४ देखि निरन्तर सन्स्थापक महासचिव हुँदै २०१७–२०१९ का कुशल ब्याबस्थापक अध्यक्ष सम्हालेर आज पनि उत्तिकै सक्रिय हुनुभएकोले वर्तमान किरात याक्थुङ चुम्लुङ्का सल्ल्हाकार समेत रहेका दिपेश लिम्बु खाम्बेकलाई किरात याक्थुङ चुम्लुङ अमेरिका द्वारा सम्मांनित गरिएको चुम्लुङका अध्यक्ष सुमन थाम्सुहाङ लिम्बुले बताए ।

समाज, समुदायमा दिएको योगदान, पुरानोलाइ सम्मान भाबि पिढ़ीलाई प्रोत्साहन स्वरूप प्रदान गरिएको बताउनुभयो। यसरी अचानक समाजले योगदानलाई कदर गरेको पलमा सम्मानित व्यक्ति मात्र हैन अन्य सबै नेपाली समुदायमा समेतलाई समाजप्रति उत्तरदायी हुन प्रेरणा मिल्यो ।

 

आफू सम्मानित भएकोमा भावुक हुदै सल्लहाकार खाम्बेकले २००४ देखि किरात याक्थुङ चुम्लुङ यहाँसम्म आइपुग्दाको तितो मिठो किस्सा पनि सुनाए । उहासँगै काम गरेका तत्कालिन महासचिव साथै हाल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष लोक चेम्जोङले कियाचुको स्थापनादेखी हालसम्मकै अध्यक्षहरू मध्ये दिपेश लिम्बुको अध्यक्षताको कार्यसमितिले संस्थागत व्यवस्थापन, बैचारिक, आर्थिक नेतृत्व र समुदायप्रतिको जिम्मेवारीमा उत्कृष्ट रहेको बताएका थिए । सहि कामको मूल्याङकन भएकोमा वर्तमान कार्यसमितिलाई धन्यवाद पनि चेम्जोङले व्यक्त गरेका थिए ।

कियाचु अध्यक्ष सुमन थाम्सुहाङले सम्मान पत्र प्रदान गर्दै संस्थाका अनुभवी, पूर्व पदाधिकारीहरूबाट अनुभव लिदै यो संस्थालाई सिङ्गो लिम्बुहरूको आस्थाको धरोहरको रूपमा स्थापित गराउने प्रतिवद्वतासमेत व्यक्त गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...