लैङ्गिक हिंसाविरुद्ध कुम्मायक गाउँपालिकामा १६ दिने अभियान कार्यक्रम हुँदै - Naya Online

लैङ्गिक हिंसाविरुद्ध कुम्मायक गाउँपालिकामा १६ दिने अभियान कार्यक्रम हुँदै

पदमसुखी सम्बाहाम्फे

पाँचथर, १० मंसिर । कुम्मायक गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रम बिहिवारदेखि शुरु भएको छ ।

घरैबाट शुरु गरौ, महिला हिंसा अन्त्य गरौ भन्ने मुल नाराका साथ महिला अधिकारकर्मीहरु द्वारा र्यालिको आयोजना गरि यासोक बजार परिक्रमा गरि शुरु गरिएको थियो । र्यालीपछि कोणसभाको कार्यक्रममा महिलाहरु माथी हुने घरेलु तथा सामाजिक हिंसालाई सहेर बस्नु नहुने कुरामा जोड दिइएको थियो ।

उक्त कोणसभामा बोल्दै जिल्ला समन्वय समिति पाचथरका मनमाया लावतीले हरेक महिलापुरुषले आआफ्नो काम कर्तब्य र सिमामा बसेर काम गर्नुपर्ने बताएका छन् ।

महिलामाथी हुने यौन जन्य दुव्र्यवहार र हिंसाको निरुपण गर्न स्वयं महिलाहरुनै जागरुक बन्नुपर्ने पनि लावतिको भनाइ थियो ।

गाउँपालिकाको आयोजनामा भएको सो कार्यक्रम पाँच वटा वडामा १६ दिनसम्म लैङ्गिक हिंसा विरुद्ध अभियान कार्यक्रमहरुको आयोजना हुने पनि बताइएको छ ।

सो कोणसभामा कुम्मायक गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी प्रशासकीय अधिकृत देबेन्द्र कटुवाल लगायत कार्यपालिकाका महिला सदस्यहरुको उपस्थिति रहेकोे थियो भने गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङको अध्यक्षता सो कार्यक्रम भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...