प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङद्वारा शुभम ट्रेडिङ तथा होमस्टेको उद्घाटन - Naya Online

प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङद्वारा शुभम ट्रेडिङ तथा होमस्टेको उद्घाटन

खोटाङ, १० मंसिर । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापङबाट शुभम ट्रेडिङ सेन्टर, अग्र्यानिक क्याफे, कस्टम हायरिङ र होमस्टेको उद्घाटन भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ सोल्मामा स्थापित शुभम फाउण्डेशन अन्तगर्गत चलेका ट्रेडिङ, क्याफे, कस्टम हायरिङ र होमस्टेको उद्घाटन भएको हो ।

शुभम फाउण्डेशन शुभद्रा राई तथा कृषि वैज्ञानिक मदन राईले निर्माण गरेका हुन् । फाउण्डेशनले सञ्चालन गरेको जनजागृति माध्यमिक विद्यालयमा १८३ विद्यार्थीले अभ्याससहितको अध्ययन गरिरहेका छन् । विद्यार्थीले गाइबारे अध्ययन गर्नुप¥यो भने गाईलाई नजिकबाट बुझ्नप¥यो भनेर प्रयोगात्मक शिक्षाको थालनी गरेको फाउण्डेशनका संस्थापक सुर्य राईले जानकारी दिएका छन् ।

उद्घाटन कार्यक्रममा खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले मदन राईको अनुभवलाई नजिकबाट बुझेको बताएका थिए । मदन राईको ज्ञान, सीप नेपालको संर्वागिणत विकासको मेरुदण्ड हुने प्रमुख जिल्ला अधिकारी दाहालको भनाई थियो । फाउण्डेशनबारे खोटाङबासीहरु जानकार रहेको र देशव्यापी प्रचार भइरहेको जिल्ला समन्वय समितिका सभापति बबि चाम्लिङले बताए । फाउण्डेशनले खोटाङबासीहरुको शान र मान बढेको पनि चाम्लिङको भनाई थियो ।

जनताको विकास, शिक्षा, स्वास्थ्य, पर्यावरणसँग प्रत्यक्ष जोडिएको शुभम फाउण्डेशनको ट्रेडिङ, क्याफे, कस्टम हायरिङ र होमस्टेको उद्घाटनमा आफूलाई सम्झिएकोमा आभार रहेको प्रदेश नं. १ प्रमुख माननीय परशुराम खापुङले बताए । फाउण्डेशनले मानिसलाई कसरी राख्ने, मुलुकलाई कृषिप्रधान बनाउन प्रत्यक्ष भूमिका खेलेको प्रदेश प्रमुखले बताएका थिए । “यतिको काम गर्न सकेको फाउण्डेशनलाई कसरी शुभकामना दिउँ भन्ने शब्द पाएकै छैन ।” प्रदेश प्रमुख खापुङको भनाई थियो ।

फाउण्डेशनका अध्यक्ष डा. मदन राईले माननीय परशुराम खापुङको नियुक्ति आफूलाई सबैभन्दा बढि मनमा गएको बताउए । मृदुभाषाी, भलाद्मी र चट्टानी अडान लिनसक्ने खापुङलाई सुहाउँदो नियुक्ति मिलेको राईको भनाई थियो । स्कुलस्कुलमा फार्म हुनुपर्छ, उद्योग हुनुपर्छ अनिमात्रै शिक्षास्तर बढ्ने र बेरोजगारी घट्ने सोचबाट शुरु गरिएको फाउण्डेशनको अनुशरण गर्दै अहिले शिक्षामन्त्रालयले लागू गर्न खोजिरहेकोमा सरकारप्रति राईले आभार पनि व्यक्त गरेका थिए ।

अन्तर्जातीय र अन्तराष्ट्रिय विवाह पनि
कार्यक्रमकै अवसरमा यसै फाउण्डेशनमा कार्यरत कार्यरत रणवीर र बसन्ती राई, टेक कार्की र उषा राईबिच विवाह सम्पन्न भएको थियो । राजवीर भारतीय नागरिक हुन् । दिदीबहिनी बसन्ती र उषा राई फाउण्डेशनका संस्थापक सुर्य राईकी बहिनी हुन् । चारैजना यसै फाउण्डेशनमा कार्यरत छन् ।

विवाहभन्दा पनि दुईजनाको मिलन भन्न रुचाउने डा. मदन राईले आफूले चाहेजस्तै र खोजेजस्तै मिलेको बताए ।

नवविवाहितलाई प्रदेश प्रमुख माननीय परशुराम खापुङ, जिल्ला समन्वय समितिका सभापति बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल, खोटाङस्थीत नेपाल आर्मी, जनपद तथा शसस्त्र प्रहरीका प्रमुखले आशिर्वाद दिएका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...