हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणका लागि आवदेन आव्हान - Naya Online

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणका लागि आवदेन आव्हान

काठमाडौं । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणका लागि आवदेन आव्हान गरिएको छ । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गरिएको अवार्डका लागि आवेदन आव्हान गरिएको हो ।

आगामी माघको दोस्रो साता एक विशेष भव्य सामारोहबीच काठमाडौंमा सम्पन्न हुने उक्त अर्वाडका लागि यही मंसिर १० गतेवाट आवेदन फारम खुला गरिएको अवार्ड संयोजक गीता अधिकारीले बताए ।

अवार्डमा राष्ट्रिय भावका गीतसँगै पप, चलचित्र गीत, लोकदोहोरी, आधुनिक, बाल गीत, डायस्पोरा र रिमिक्सलाई समावेश गरिएको छ । हिमालयन अन्तर्राष्ट्रिय अवार्डका अध्यक्ष गणेश शुवेदीका अनुसार अवार्डमा साहित्य विधातर्फ पनि अवार्ड प्रदान गरिने छ । अंग्रेजी क्यालेन्डर अनुसार २०२१ जनवरी १ देखि २०२१ डिसेम्बर ३० सम्म (एक वर्ष भित्रमा) बजारमा आएका उत्कृष्ट कथा, उपन्यास, निवन्ध, र नियात्रालाई अवार्ड प्रदान गरिने छ ।

यस्तै यही अंग्रेजी वर्ष भित्रमा बजारमा आएका गीत तथा भिडियोहरूलाई अवार्डमा समावेश गरिने आयोजक समितिका निर्देशक भीष्मराज फुलाराले बताए । गीत तथा सिर्जनाहरू दर्ता गर्नको लागि आवेदनको अन्तिम म्याद पौष २५गते सम्मको लागि निर्धारण गरिएको उहाँले जानकारी गराए । ‘अवार्ड समारोहमा साहित्यक कृतिसँगै राष्ट्रिय, चलचित्र, आधुनिक र पप विधामा देशभरका कलाकर्मीहरूले सहभागी हुन सक्ने छन्’, उनले भने ।

अवार्ड समारोहमा नेपाली गीतसङ्गीतको क्षेत्रमा योगदान पु¥याउनुभएका एक जना विशिष्ट व्यक्तिलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने छ । गीत सङ्गीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने सङ्गीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

लिम्बू भाषाको पालाम ‘निङ्वा इगेक’ सार्वजनिक

पान्थर – लिम्बु भाषाको पालाम गीत ‘निङ्वा इगेक’ को म्युजिक भिडियो सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...